रसुवाका सांसद प्रेम तामाङले भने– रगतको आहालमा पौडी खेल्नेहरु कुर्सीमा पुगे (हेर्नुहोस भिडियो)

तु खबर संवाददाता
२०७६ पुष २९,मंगलवार १९:१५
Featured Video Play Icon

हेटौंडा, २९ पुस । तत्कालिन प्रदेश ३ सभामा प्रदेशको नाम नेवाः ताम्सालिङ प्रस्ताव गर्न समर्थक नपाएपछि आक्रोश पोखेका छन् ।

उनले प्रदेशको नाम नेवाः ताम्सालिङ प्रस्ताव गर्न फारम भरिसकेको थिए । तर, प्रस्तावको समर्थक नै नपाएपछि प्रदेशसभामा जारी बैठकमा नेवाः ताम्सालिङ प्रस्ताव दर्ता गर्न सकेनन् ।

उनले पहिचानको मुद्दा लिएर जनतालाई आश्वासन दिने सांसदहरुले विभिन्न प्रलोभनमा बागमती प्रदेश राख्ने प्रस्तावलाई अघि बढाएको प्रति आफ्नो आपत्ति रहेको बताए । उनले जनतालाई झुटो पहिचानको आश्वासन दिएको भन्दै आक्रोश व्यक्त गरे ।

‘सभामुख महोदय यो विषयमा यो सदनमा मलाई बोल्न मन लागिरहेको थिएन । फेरि पनि उत्पीडित जाती, वर्ग, क्षेत्र, लिङ्ग जस्ले यो सदनमा भरिभराउ राता मान्छेहरुलाई पसाउन जुन भूमिका निर्वाह गर्नुभयो उहाँहरुको मत दर्द गर्ने म मात्रै एउटा अभागी रहेछु ।–’ सांसद तामाङले प्रदेशसभामा यसरी आफ्ना धारणा सुरु गरे ।

उनले सभामुख सामु ‘अभागी जनता’हरुको भावना पोख्ने अनुमति माग्दै भने– ‘यो विषयमा कुरा गर्दा मलाई पीडा महशुस भइरहेको छ । म भावुक पनि भइराखेको छु । ती मान्छेहरु जस्को रगतको आहालमा पौडी खेलेर केही छोटा बुद्धि भएका छोटा राजाहरुले कुर्सीहरु प्राप्त गर्न पुगे ती मान्छेहरुलाई धिक्का गर्नका निमित्त शहिदका परिवारहरुले शहिदका परिवारका आँसुहरुले मलाई याहाँ उपस्थित गराई राखेको छ, यो मेरो रहर हैन, बाध्यता हो ।–’

उनले कम्युनिष्टका सर्वोच्च नेता लेनिनको धारणालाई संज्ञा दिँदै भने– बाहिर खसीको टाउको झुण्डाएर, संसदमा भित्र कुकुरको मासु बेचिन्छ भन्दै उनले प्रदेश ३ को संसदमा पनि लेलिनको धारणा चरितार्थ भएको आरोप लगाए ।

हेर्नुहोस भिडियो ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*