प्रदेशको नाम बागमती राख्न किन हतार ?

तु खबर संवाददाता
२०७६ पुष २१,सोमबार १६:४१

हेटौंडा, २१ पुस । हेटौंडामा जारी प्रदेश ३ को प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य ओमबहादुर ग्लानले नामाकरणको विषयमा अध्ययन कार्यदल बनाउनु पर्ने बताएका छन् ।

प्रदेशको नामाकरणको बारेमा हतार गरेर पहिचान मेटाउन खोजिएको उनले बताए । हतारमा नामाकरण कार्यविधि ल्याएर कुण्ठित गर्न खोजिएको उनले बताए ।

सांसद ग्लानले प्रदेशको नाम नेवाः ताम्सालिङ राख्नु पर्ने बताउँदै आएका छन् । उनले संविधानमा पहिचानसहितको संघीयता भनिएपनि हतार गर्न नहुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*