विचार
विद्यालयदेखि अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतासम्मको नयाँ राष्ट्रिय मार्गचित्र
नेपालको समृद्धिको आधार अब ज्ञान, अनुसन्धान र नवप्रवर्तन हुनुपर्छ नेपाल आज विकासको एउटा निर्णायक मोडमा उभिएको छ। हरेक वर्ष आर्थिक वृद्धि, रोजगारी सिर्जना, औद्योगिकीकरण, डिजिटल नेपाल, स्टार्टअप, नवप्रवर्तन र समृद्धिका नारा दोहोरिन्छन्। सडक, पुल, भवन, जलविद्युत्, पर्यटन र पूर्वाधार निर्माणका योजनाहरू सार्वजनिक हुन्छन्। यी सबै आवश्यक छन्। तर...
नेपालमा निर्जीवन बीमाः विगत एक दशक, चुनौती र वर्तमान अवस्था
बीमा जोखिम व्यवस्थापनको एक महत्वपूर्ण माध्यम हो । बीमाविहीन अवस्था भनेको भविष्यमा हुन सक्ने एक अनिश्चितता हो । त्यसबाट हुने हानि–नोक्सानी वा जोखिम न्यूनीकरण गर्नका लागि अपनाइने सुरक्षित बाटो बीमा हो । बीमाको अवधारणा आजको आधुनिक वित्तीय प्रणालीको महत्वपूर्ण हिस्सा भए पनि यसको इतिहास हजारौँ वर्ष पुरानो रहेको विभिन्न...
ईकोसकः थपिँदो चुनौतीका बीच दिगो विकासका लक्ष्य
संयुक्त राष्ट्रसंघको बडापत्रद्वारा स्थापित ईकोसक आर्थिक तथा सामाजिक विकासका निम्ति एउटा अन्तर्राष्ट्रिय मञ्च मात्र होइन, सामाजिक न्यायका लागि स्थापित विश्वको सर्वोच्च अङ्ग पनि हो। केही दिनअघि ईकोसकले आफ्नो ८०औँ वार्षिकोत्सव मनायो। यो ८ दशकमा ईकोसकले विभिन्न आरोह-अवरोह पार गर्यो। सन् १९४५ मा स्थापना भएयता विश्वव्यापी संवाद र निर्णय प्रक्रियामा...
सडक बालबालिकाका सारथि अर्पण पराजुली र ‘मामाघर’को गौरवगाथा
समाजमा यस्ता थोरै मानिसहरू हुन्छन्, जसको कर्मले अरूको जीवनको अन्धकारलाई उज्यालोमा बदल्ने सामर्थ्य राख्छ। हेटौँडाको माटोमा मानवताको सुगन्ध छर्ने एउटा त्यस्तै प्रेरणादायी नाम हो— अर्पण पराजुली। ‘मामाघर नेपाल’का संस्थापक पराजुली केवल एउटा संस्थाका नेतृत्वकर्ता मात्र हुनुहुन्न, उहाँ सडकमा हराउन लागेका सयौँ बालबालिकाका लागि एक भरोसायोग्य ‘अभिभावक’ र आशाको किरण...
नेपालको समकालीन राजनीतिक र आर्थिक संकट
पछिल्ला तीन दशक यता नेपालले निरन्तर रूपमा गम्भीर राजनीतिक, सामाजिक तथा आर्थिक आघातहरू खेप्दै आएको छ। २०५२ सालमा सुरु भएको माओवादी जनयुद्ध, २०६२/६३ को दोस्रो जनआन्दोलन, २०७२ सालको विनाशकारी महाभूकम्प, तथा पछिल्लो समय २०८२ सालमा भएको जेएनजी आन्दोलनले राज्यको संरचना, जनजीवन र अर्थतन्त्रमा गहिरो असर पारेका छन्। यस्ता निरन्तर...
बढ्दो प्लास्टिक प्रदूषण : संकटमा पृथ्वी
नेपालमा २०७२ सालमा सरकारले ३० देखि ४० माइक्रोनका प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको घोषणा गरेको थियो। तर, आज एक दशक बितिसक्दा पनि सो निर्णय कागजमै सीमित छ। बजार, सडक, खोला, नाला, बगैँचा, पार्कदेखि पर्यटकीय स्थलसम्म यत्रतत्र प्लास्टिकका रङ्गीन झोला र बोतलका थुप्राहरू देखिन्छन्। यस्तो दृष्यले नेपाल, विशेषगरी काठमाडौं उपत्यकाको सुन्दरतामा...
नवनियुक्त शिक्षा मन्त्रीलाई शिक्षा सुधारका ३० बुँदे सुझाव
नेपाल लगभग ३ करोड जनसंख्या भएको मुलुक हो। यस जनसंख्याको झण्डै आधा हिस्सा विद्यार्थी र युवा पुस्तामा केन्द्रित छ र यिनै पुस्ता नेपालको भविष्य निर्माण गर्ने बालियो आधार हुन् । जनसांख्यिकीय दृष्टिले यो पुस्ता ईतिहास कै उर्बर पुस्ताको रुपमा चिनिएको छ। देशभर आज २६,१०३ सामुदायिक विद्यालय र ८,१४९ संस्थागत...
विश्व योग दिवस : डिजिटल युगमा योग आत्मशान्तिको मार्ग
विश्व योग दिवस प्रत्येक वर्ष जुन २१ मा मनाइन्छ, जसको सुरुआत सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घमा प्रस्ताव राखेपछि भएको हो। सो प्रस्ताव स्वीकृत भएपछि २०१५ देखि नै आधिकारिक रूपमा विश्व योग दिवस जुन २१ मा मनाइँदै आएको छ। “योग” भन्ने संस्कृत शब्दको सामान्य अर्थ...
मौद्रिक नीति : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२ र ०८३ का लागि मौद्रिक नीति निर्माणको प्रक्रिया आरम्भ गरिसकेको छ । प्रारम्भिक बहसहरू सुरु भइसकेका छन् तर मूल प्रश्न भने यथावत् छ के नेपालले स्वतन्त्र, वैज्ञानिक र देशको आर्थिक यथार्थमा आधारित मौद्रिक नीति ल्याउन सक्ला ? नेपालजस्तो आयातमुखी र विकासोन्मुख अर्थतन्त्रमा...
फ्रान्समा सम्पन्न महासागर सम्मेलन र यसको दीर्घकालिन महत्व
गिरिजा अधिकारी संयुक्त राष्ट्रसंघको आयोजनामा हिजो फ्रान्समा महासागर सम्मेलन सम्पन्न भयो । सो सम्मेलन विश्व मानव जातिको हितका निम्त निकै महत्वपूर्ण थियो । नाइसमा भएको सो महासागर सम्मेलनले समुद्रको संरक्षणका निम्ति एक दृढ संकल्प र प्रतिवद्धता चाहेको थियो । जून सम्मेलनको समाप्तीसँगै प्राप्त भएको छ र यसलाई संयुक्त राष्ट्रसंघले...









