समाचार

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू पारिस्थितिक संकटको अग्रपंक्तिमा छन्ः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू भौगोलिक रूपमा टाढा भए पनि जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण एउटै पारिस्थितिक संकटको अग्रपंक्तिमा रहेको बताएका छन् । फिजीमा मंगलबार आयोजित प्रि–कोप लिडर्स इभेन्टअन्तर्गतको उच्चस्तरीय ‘लिडर्स प्लेनरी’लाई सम्बोधन गर्दै मन्त्री खनालले हिमाल र महासागरबीच गहिरो अन्तरसम्बन्ध रहेको उल्लेख गरेको नेपालको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता सस्मित पोखरेलले दिउँसो आयोजित पत्रकारमार्फत बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन्। सार्वजनिक निर्णयहरू अनुसार सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ। त्यस्तै, बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको...

अस्ट्रेलियाले नेपाललाई थप १ करोड ५० लाख अष्ट्रेलियन डलर सहयोग गर्ने

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले अस्ट्रेलियाका विदेशमन्त्री पेनी वङसँग मेलबर्नमा द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, बाढीपछिको पुनःस्थापना, जलवायु परिवर्तन, नेपाली विद्यार्थी, शिक्षा तथा आर्थिक सहकार्यका विषयमा छलफल भएको छ। भेटमा नेपालका तर्फबाट हालैको विनाशकारी बाढीपछि अस्ट्रेलियाले गरेको सहयोगप्रति धन्यवाद दिइएको थियो। त्यस अवसरमा अस्ट्रेलियाले नेपालमा बाढीपीडितको राहत तथा...

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूतबीच भेट

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेघन बोल्डिनबीच भेटवार्ता भएको छ। भेटमा बाढी प्रभावित क्षेत्रको पुनस्र्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा नेपाल–अमेरिका सहकार्य थप विस्तार गर्ने विषयमा छलफल भएको हो। भेटमा...

अग्रवाललाई थुनामुक्त गराउने प्रयास असफल, बन्दीप्रत्यक्षीकरण रिट नै दरपीठ

व्यवसायी शंकरलाल अग्रवाललाई थुनामुक्त गर्न माग गर्दै दायर गर्न खोजिएको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले सर्वोच्च प्रशासनले रिट दरपीठ गर्ने निर्णयलाई सदर गरेको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले अग्रवाललाई थुनामा पठाउने आदेश दिएपछि उनका परिवारका...

नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

भदौ १० गते आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा सुस्त भई ३ दशमलव ७ प्रतिशतमा झर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले उक्त आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४ दशमलव २ प्रतिशत रहने प्रक्षेपण गरेको...

दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय कारोबारसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँले धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंसँग २ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्ने आदेश दिएको हो । प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी...

नारायणगढ–काठमाडौं सडकमा ठूला मालवाहक सवारी चलाउन रोक

दसैंको समयमा नारायणगढ–काठमाडौं सडकमा हुने सवारी चापलाई व्यवस्थापन गर्न ठूला मालवाहक सवारीसाधनको आवागमनमा अस्थायी रोक लगाइने भएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकायको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलरसहित ठूला मालवाहक सवारीसाधन सञ्चालन नगर्ने निर्णय गरेको हो । निर्णयअनुसार आगामी २५ असोजदेखि ८ कात्तिकसम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारीसाधन...

२ लाख धरौटीमा प्रभु बैंकका सीईओ सुमन शर्मा रिहा

तत्कालीन सनराइज बैंकमा कार्यरत रहँदा धितो रोक्का राखेर स्वीकृत कर्जा निकासा नगरी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा मुद्दा खेपिरहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । पर्सा जिल्ला अदालतकी न्यायाधीश देवी कुमारी चौधरीको इजलासले मंगलबार थुनछेक बहसपछि शर्मालाई...

साढे दुई महिनामा २ खर्ब २५ अर्ब राजस्व उठ्यो

चालू आर्थिक वर्ष २०८३/८४ को साढे दुई महिना बितिसक्दा पनि सरकारको विकास बजेट खर्च निराशाजनक देखिएको छ। असोज तेस्रो सातासम्म सरकारले पुँजीगततर्फ १२ अर्ब २५ करोड १० लाख रुपैयाँ मात्रै खर्च गरेको छ, जुन वार्षिक विनियोजनको २.८४ प्रतिशत हो। सरकारले यस वर्ष पुँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब...