समाचार
रिद्धि सिद्धि र सौर्य सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग
काठमाडौँ। रिद्धि सिद्धि सिमेन्ट र सौर्य सिमेन्टले भोटेकोसी बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्। रिद्धि सिद्धि सिमेन्टले ५१ लाख रुपैयाँ र सौर्य सिमेन्टले ५० लाख रुपैयाँ गरी कुल १ करोड १ लाख रुपैयाँ कोषमा जम्मा गरेका...
त्रिशूली–३ ‘ए’ सुरुङमा दुई जनाको जीवित उद्धार, एक जनाको शव फेला
माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत संरचनामा खोजी गर्ने क्रममा एक व्यक्तिको शव फेला परेको छ। यसअघि सोही सुरुङबाट दुई जनालाई सकुशल बाहिर निकालिएको थियो। सुरक्षाकर्मीले सुरुङभित्रबाट शव बाहिर ल्याएका हुन्। मृतकको परिचय भने खुल्न बाँकी रहेको छ। सुरुङमा फसेका आयोजनाका कर्मचारी तथा प्राविधिकको उद्धारका लागि नेपाली सेना, सशस्त्र...
नेपाल र गिनी बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र पश्चिम अफ्रिकी मुलुक गणतन्त्र गिनी बिसाउबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार भदौ १६, २०८३ (१ सेप्टेम्बर २०२६) मा न्युयोर्कमा आयोजित एक समारोहका बीच दुवै देशका प्रतिनिधिहरूले कूटनीतिक सम्बन्ध स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै नेपालले कूटनीतिक...
बाढीपीडितका लागि राहत तथा उद्धार कार्य तीव्र पार्न पूर्व राजदूत संघको आग्रह
पूर्व राजदूत संघ, नेपालले रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावकारी उद्धार र राहत कार्यका लागि सरकार तथा सम्बद्ध निकायहरूसँग आग्रह गरेको छ। संघका अध्यक्ष चोपलाल भुसाल र महासचिव भीम उदासद्वारा जारी प्रेस विज्ञप्तिमा आकस्मिक बाढीका कारण मानवीय क्षति हुनुका...
विपत्तिपछि प्रधानमन्त्री शाहको संसद् मा सम्बोधनः के गर्दैछ सरकार ?
सम्माननीय सभामुख महोदयज्यू, आज म विशेष जिम्मेवारीसहित यस गरिमामय सार्वभौम संसदको रोस्ट्रममा उभिएको छु। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षणभरमै हामीबाट आमाबुबा, दिदीबहिनी र दाजुभाइ खोसेर लग्यो। यस अकल्पनीय विपत्तिमा परेर ज्यान गुमाउनुहुने सम्पूर्ण मानिसहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। आफ्ना मान्छे गुमाएर गहिरो शोकमा पर्नुभएका...
रसुवा बाढीः प्रधानमन्त्रीद्वारा संसद्लाई ब्रिफिङ
बालेन शाहले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि चालेका कदमबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै शाहले बाढीपछि सरकारले तत्काल उच्च सतर्कता अपनाउँदै प्रभावित नागरिकको जीवनरक्षा र राहतलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।...
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ जना बेपत्ता
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ शव फेला परेका हुन्। यसमा...
कृष्णभीरको सडक खुल्न अझै १५ दिन लाग्ने
पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौँको मुख्य लाइफलाइन मानिने यो राजमार्गको यातायात प्रभावित भएको छ । सडक खुलाउन अझै कम्तीमा १० देखि १५ दिन लाग्ने भएको छ । भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भएको हो ।...
बाढीले सडक पूर्वाधार तहसनहस: क्षति ३० अर्ब, पुनर्निर्माणलाई ५० अर्ब लाग्ने
भदौ १० गतेदेखि रसुवामा आएको बाढीले सडक तथा पुलको पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार विपत्तिबाट देशभर सडक र पुलमा मात्रै करिब ३० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष क्षति भएको प्रारम्भिक आकलन गरिएको हो । क्षतिग्रस्त संरचनालाई पुनः सञ्चालनमा ल्याउनेदेखि दीर्घकालीन रूपमा थप सुरक्षित र...
रसुवा बाढीमा ९०३ जनाको शव फेला
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न जिल्लामा गरी ९०३ जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार बाढी तथा विपद्का घटनामा परी ४ हजार २४७ जना अझै...








