समाचार
बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर ६ जना घाइते
बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर ६ जना घाइते भएका छन् । बझाङमा ५ जना र बैतडीमा १ जना घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बझाङमा भूकम्पबाट घाइते भएकाहरूमध्ये ५ जना बालबालिका रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ । आज...
५ हजार ९३८ जना प्रहरी जवानहरुको सरुवा
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठुलो संख्यामा प्रहरी जवानहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवश्रोत विभागले ५ हजार ९३८ जना जवानहरुको सरुवा गरिएको जनाएको छ । सरुवा गरिएका जवानहरुले आगामी महिनाको तलब र भत्ता सरुवा भएको दरबन्दीबाट पाउने छन् ।
अवैध लागूऔषधसहित सात जना पक्राउ
काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, सुर्खेत र कास्की जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको छ । प्रहरीले कैलालीको गोदावरी नगरपालिका–६ घुएरा बस्ने २६ वर्षीय जय किसन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोईन ८ सय ६० मिलिग्रामसहित सोमबार दिउँसो पक्राउ गरेको...
दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब १९ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयरबजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७ अंकले घटेर १९५८ को विन्दुमा कायम भएको हो । आज नेप्सेमा ३९ लाख ६५ हजार ९७१ कित्ता शेयर कारोबार हुँदा १ अर्ब १९ करोड ९१ लाख बराबरको कारोबार भएको छ ।...
बझाङमा आधा घण्टामा २ पटक भूकम्पको धक्का महसुस
धनगढी । सुदूरपश्चिम क्षेत्रमा आज मंगलबार दिउँसो आधा घण्टाको अवधिमा दुई पटक भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा र ३ बजेर ६ मिनेटमा गरी दुई पटक भुकम्पको धक्का महसुुस भएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, दिउँसो २ बजेर...
मकवानपुरमा डेंगू संक्रमितको संख्या ५६६ पुग्यो
मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ५६३ पुगेको छ । जिल्लामा सोमबार थप ३ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ५६६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मंगलबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका २ जना र मकवानपुरगढी गाउँपालिकाका १ जनामा डेंगू संक्रमण पुष्टि...
बागमती प्रदेश सभाको बैठक सर्यो
मकवानपुर । बागमती प्रदेश सभाको आज बस्ने भनिएको बैठक सरेको छ । सोमबार स्थगित भएको प्रदेश सभा आज बस्ने भनिएपनि विशेषकारणवस् भोलिसम्मका लागि सरेको प्रदेश सभा सचिवालयले जनाएको छ । आज दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा भोलि असोज १७ गते बस्ने गरी सारिएको प्रदेश सभा...
चिरमाया मृत्यु प्रकरणः प्रहरी सहायक हवल्दार निलम्बित, घटना लुकाउन पीडितलाई दबाब
मकवानपुर । हेटौँडामा आइतबार राति मदिराको नशामा उत्पात मच्चाउने प्रहरी सहायक हवल्दार डिल्लिराम शिवाकोटीलाई निलम्बन गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक रेग्मीले प्रहरी सहायक हवल्दार शिवाकोटीलाई निलम्वन गरी घटनाबारे छानविन प्रक्रिया अघि बढाइसकिएको जानकारी दिए । उनले आइतबार रातिको घटनामा प्रहरीको गल्ती भएको...
लोसपाको पदाधिकारी बैठक बस्दै
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको पदाधिकारी बैठक आज बस्ने भएको छ । पदाधिकारीसहितको केन्द्रीय समिति सार्वजनिक भएपछि पहिलो बैठक बस्न लागेको हो । ६३ जना पदाधिकारीको सहभागिता रहेको उक्त बैठक बुद्धनगरको एक पार्टी प्यालेसमा बस्न लागेको हो । लोसपाले असोज ८ गते ३११ सदस्यीय कार्य समिति सार्वजनिक...
प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटबीच भेटवार्ता भएको छ । आइतबार साँझ काठमाडौं आइपुगेको अल्ब्राइटको टोलीले आज प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेकी हुन् । प्रचण्ड र अलब्राइटबी एमसीसी परियोजना र नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल...