समाचार

मित्रद्वारा लिखित नेपालीय बज्जिकाको पहिलो एकाङ्की सङ्ग्रह ‘पंचामृत’ लोकार्पित

बज्जिका भाषाका चर्चित साहित्यकार सञ्जय साह मित्रद्वारा लिखित पाँच ओटा एकाङ्कीको सङ्ग्रह ‘पंचामृत’ भारतको बिहार राज्यस्थित वैशाली जिल्लाको प्राचीन स्थल कोल्हुआमा लोकार्पण गरिएको छ । लोकार्पण समारोहमा बोल्ने वक्ताहरुले यसलाई बज्जिका भाषामा नेपालमा लेखिएको पहिलो एकाङ्की सङ्ग्रह भएको बताएका छन् । भाषा, साहित्य, संस्कृति, इतिहास, भूगोल, पाठ्यपुस्तक, व्याकरणादि विभिन्न...

‘ड्युरेसन अफ स्टाटस’ सम्बन्धी नयाँ नियम लागु नगर्न अदालतको आदेश

अन्तर्राष्ट्रिय विद्यार्थी, एक्सचेन्ज आगन्तुक र विदेशी सञ्चारमाध्यमका प्रतिनिधिका लागि ड्युरेसन अफ स्टाटस हटाउने अमेरिकी होमल्याण्ड सेक्युरिटीको नयाँ नियमलाई अदालतले रोक लगाएको छ । अमेरिकी जिल्ला न्यायाधीश एफ डेनिस सेलर चौथोले निषेधाज्ञा जारी गर्दै डयुरेसन अफ स्टाटसलाई हटाएर निश्चित समय अवधि दिने व्यवस्था गर्ने नियमलाई रोकेका हुन् । यहाँका उच्च...

प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब नाघ्यो

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरण अनुसार विभिन्न नौवटा बैङ्कमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ जम्मा भएको हो । त्यस्तै कोषका...

बाढीपीडितको राहतका लागि धितोपत्र बोर्डद्वारा ४ करोड ११ रुपैयाँ सहयोग

नेपाल धितोपत्र बोर्डले भदौ १० गते भोटेकोशी नदीमा आएको अकस्मात् भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी आसपासका क्षेत्रमा राहत तथा उद्धारका लागि ४ करोड ११ रुपैयाँ सहयोग गरेको छ। बाढीबाट ठूलो जनधनको क्षति भएपछि बोर्डले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो।...

इन्द्रसरोवरमा ईभी गाडी दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

हेटौंडाबाट काठमाडौंका लागि छुटेको विद्युतीय सवारीसाधन (ईभी) मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार मंगलबार दिउँसो करिब २ बजे दुर्घटना भएको हो। यात्रुसहित आठ जना सवार रहेको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको...

वरिष्ठ साहित्यकार मित्रलाई भारतमा ‘राजा विशाल सम्मान’

वरिष्ठ साहित्यकार तथा तु खबरका सल्लाहकार / स्तम्भकार सञ्जय साह मित्रलाई भारतको वैशालीमा ‘राजा विशाल सम्मान’ ले सम्मानित गरिएको छ । बज्जिका, हिन्दी र नेपाली भाषामा साहित्य तथा अनुसन्धान र समीक्षा लेखिरहेका मित्रलाई भारतको वैशाली जिल्लाको लालगंजमा लिच्छवी साहित्य–संस्कृति तीर्थ ले ‘राजा विशाल सम्मान’ प्रदान गरेको हो । चर्चित...

मध्यावधि चुनाव जिते प्रत्येक अमेरिकीलाई ५ हजार डलर दिने ट्रम्पको घोषणा

न्युयोर्क । राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो नोभेम्बर महिनामा हुने मध्यावधि निर्वाचनमा काँग्रेसका दुबै सदनमा रिपब्लिकन पार्टीले जीत हासिल गरेमा प्रत्येक अमेरिकी नागरिकलाई ५ हजार डलर लाभांश दिने घोषणा गरेका छन् । रिपब्लिकन पार्टीको पहिलो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले मध्यावधि निर्वाचनमा काँग्रेसको दुबै सदनमा रिपब्लिकन पार्टीले जित हासिल गरेमा...

बाढीका कारण बैंकहरुमा ७ अर्बमाथिको क्षति

रसुवामा आएको बाढीका कारण बैंकहरुमा ७ अर्बमाथिको क्षति भएको छ। १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार ७ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।...

कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने दुई अर्ब राजस्व

पाल–चीन उत्तरी सीमा नाका कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि चीनबाट हुने मालवस्तुको पैठारी कोरलानाकाबाट ह्वात्तै बढेको हो। रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि...

प्रधान सेनापति सिग्देल एक साताका लागि चीन प्रस्थान

प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् । चीन सरकारको औपचारिक निमन्त्रणामा उनी एक साताका लागि आज त्यसतर्फ गएका हुन् । प्रधान सेनापति सिग्देल चीनमा आयोजना हुने ‘चाइना फोरम’ कार्यक्रममा सहभागी हुनेछन् । भ्रमणका क्रममा उनले चिनियाँ उच्च अधिकारी तथा अन्य उच्चस्तरीय व्यक्तित्वसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको  छ...