समाचार
रास्वपाका सभापति रवि लामिछाने बेइजिङ जाने तयारीमा
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन्। साउन महिनाको करिब अन्तिम साता लामिछाने सहितको चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल बेइजिङ जाने तयारीमा जुटेको हो। भ्रमणका क्रममा चीनका विदेशमन्त्री र पार्टीका उच्च नेतासँग भेटघाट हुनेछ भने अन्य उच्च तहको भेटघाट हुने बारे...
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
मन्त्रिपरिषद्को बैठकले विभिन्न विषयहरूसँग सम्बन्धित ६ वटा महत्वपूर्ण निर्णयहरू गरेको छ। शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णयहरूबारे जानकारी दिँदै विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्य र श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोकिएको बताउनुभयो। साथै, गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्र राज...
डिल्लीबजारबाट पक्राउ परे व्यवसायी शंकर अग्रवाल
शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो। सीआईबीका अनुसार अग्रवाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका थिए। लामो समयदेखि फरार सूचीमा रहेका उनलाई विशेष निगरानीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। अग्रवालमाथि कर्जा दुरुपयोगसँग सम्बन्धित...
सरकारले हटायो शिक्षा र स्वास्थ्यमा लगाइएको कर
निजी क्षेत्रबाट प्रदान हुने शिक्षा र स्वास्थ्यमा लगाइएको तीन प्रतिशत कर चौतर्फी विरोधपछि अन्ततः सकारले हटाएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त कर हटाएको हो। गत जेठ १५ गते बजेट मार्फत् अर्थमन्त्री स्वर्णीम वाग्लेले निजी क्षेत्रबाट प्रदान हुने शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत समता शुल्क कर लगाएको थियो भने...
हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दै वालेन्द्र शाह
काठमाडौँ । वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ। नेपालको हस्तकला, त्यसको विस्तार र प्रवद्र्धन गर्ने उद्येश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११ः३० बजे छलफलको कार्यक्रम तय भएको हो। छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित,...
असारमै घरजग्गा कारोबारको उछाल, सरकारलाई झन्डै १२ अर्ब राजस्व
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना असारमा घरजग्गा कारोबारबाट सरकारलाई ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ राजस्व प्राप्त भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो रकम उक्त आर्थिक वर्षभरकै सबैभन्दा बढी मासिक राजस्व संकलन हो। विभागले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्षभर घरजग्गा...
फिफा विश्वकपमा अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विजेता
स्पेनले अर्जेन्टिनालाई रोमान्चक खेलमा पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि आफ्नो नाममा गरेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० गोल अन्तरले पाखा लगाउँदै स्पेनले १६ वर्षपछि विश्वकपको ऐतिहासिक उपाधि चुम्न सफल भएको हो। निर्धारित ९० मिनेटको नियमित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल...
तीन दल मिलेर प्रदेश सरकार बनाउनु जनादेशविपरीत : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेशमा प्रमुख तीन राजनीतिक दल मिलेर सरकार गठन गर्ने प्रस्ताव लोकतान्त्रिक अभ्यास र जनादेशविपरीत हुने बताएका छन्। उनले यस्तो अभ्यासले प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउने भएकाले कांग्रेसले त्यसमा कुनै पनि हालतमा सहमति नजनाउने स्पष्ट पारेका छन्। ललितपुरमा आइतबार आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक...
मुग्लिङ-नारायणगढ सडकमा दुई बस र ट्रक ठोक्किंदा ३३ जना घाइते
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किंदा करिब ३३ जना यात्रु घाइते भएका छन्। बिहान करिब ७ः१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस तथा सोही...
देशभर ३२ स्थानमा रात्री सवारीसाधन सञ्चालनमा रोक
सरकारले देशभर ३२ स्थानमा रात्री सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । आगामी तीन दिनसम्म भारी वर्षाको संभावना देखिएपछि सरकारले यस्तो निर्णय गरेको हो । हिमाली र पहाडी भू९भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू९भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईको एक९दुई स्थानमा भारी देखि...









