समाचार
भोटेकोशी पीडितलाई मासिक १५ हजारसम्म आवास खर्च दिने सरकारको निर्णय
गत १० भदौमा आएको विनाशकारी बाढीका कारण विस्थापित भएका भोटेकोशी क्षेत्रका परिवारलाई सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ । सरकारले स्थायी आवास निर्माण सम्पन्न नहुँदासम्म बाढी प्रभावित परिवारको आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि रकम दिने निर्णय गरेको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो...
भोटेकोशी बाढीमा १ हजार ३८५ जनाको मृत्यु, ५ हजारभन्दा बढी बेपत्ता
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३८५ पुगेको छ। त्यस्तै सोही बाढीका कारण ५ हजार १३० जना अझैसम्म बेपत्ता रहेका छन् भने हालसम्म १३ हजार ३७६ जनाको उद्धार गरिएको छ। बाढीले घरबारविहीन भएकालाई...
सिलिन्डर ५ हजारमा बिक्री गर्ने सञ्चालक पक्राउ
प्रहरीले काठमाडौँको तीनकुनेस्थित गैरीगाउँबाट ७०५ सिलिन्डर ग्यास बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा ती सिलिन्डर फेला पारेको हो। ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई पक्राउ गरेको छ। ३८ वर्षीय लुइँटेल मोरङको ग्रामथान...
परराष्ट्रमन्त्री खनाल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छन्। शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनले हालैको भोटेकोशी बाढीबाट ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपालसँग अमेरिका रहेको बताइन्। भेटका क्रममा बोल्डिनले बाढीपछि उत्पन्न मानवीय संकट समाधानका लागि राहत,...
विपद्को पूर्वसूचना प्रणाली प्रभावकारी बनाउँदै सरकार
काठमाडौं । सरकारले बाढी, पहिरोलगायत प्राकृतिक विपद्को पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सेल ब्रोडकास्टिङ प्रविधि सञ्चालनमा ल्याउने तयारी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा उक्त प्रविधि सञ्चालनका लागि काम गरिरहेको जनाएको छ । यसका लागि छुट्टै कार्यदल बनाएर आवश्यक कार्यविधि तयार...
भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३६६ पुग्यो
काठमाडौं । नेपाल प्रहरीका अनुसार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३६६ पुगेको छ। ज्यान गुमाउनेमा ५३३ जना पुरुष, ३३१ जना महिला रहेका छन् भने ५०२ जनाको आंशिक अंग फेला परेको हो। जसमध्ये १०२ वटा शव सम्बन्धित आफन्तलाई हस्तान्तरण भएको छ। त्यसैगरी शव हस्तान्तरणका...
नेपालका लागि कार्यवाहक अमेरिकी राजदूतको जिम्मेवारीमा मेगन बोल्डिन
मेगन बोल्डिनले कार्यवाहक अमेरिकी राजदूतका रूपमा जिम्मेवारी सम्हाल्ने भएकी छन् । नेपालस्थित अमेरिकी दूतावासले बोल्डिनलाई काठमाडौंमा स्वागत गर्दै केही महिनाका लागि उनले कार्यवाहक अमेरिकी राजदूतको जिम्मेवारी सम्हाल्ने जनाएको छ । दूतावासका अनुसार बोल्डिनको प्राथमिकता नेपालमा आएको बाढीबाट प्रभावित अमेरिकी नागरिकको उद्धार तथा सहयोगमा केन्द्रित हुनेछ । उनले नियोग उपप्रमुख...
माइतीघरमा पेट्रोल छर्किएर एक युवतीले गरिन् आत्मदाह प्रयास
माइतीघर मण्डलामा मंगलबार साँझ एक युवतीले आत्मदाहको प्रयास गरेकी छन्। गोरखा घर भएकी ३० वर्षीया लक्ष्मीदेवी बस्नेतले शरीरमा पेट्रोल छर्केर आगो लगाउँदै आत्मदाहको प्रयास गरेकी हुन्। प्रज्वलनशील पदार्थ खन्याएर शरीरमा आगो लगाएको देखेपछि तत्काल उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। आगोबाट घाइते भएकी बस्नेतलाई उपचारका लागि ट्रमा...
राष्ट्रसंघ महासभामा नेपालका प्रधानमन्त्री शाह सहभागी हुने
न्यूयोर्क। संयुक्त राष्ट्रसंघको महासभालाई नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने भएका छन्। यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वको टोली सहभागी हुने निर्णय गरिएकोमा रसुवा बाढीपछि प्रधानमन्त्री शाहकै नेतृत्वको टोलीले महासभामा भाग लिने निर्णय भएको हो। जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने र उचित क्षतिपूर्तिको लागि पहल गर्न...
१२१ जना सुरुङमै फसेको देखियो: नेपाली सेना
नेपाली सेनाले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित ११ वटा जलविद्युत् आयोजनाका सुरुङभित्र करिब १२१ जना फसेको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका एक अधिकारीले परियोजनासँग सम्बन्धित करिब ९ सय जना सम्पर्कविहीन भएको भनिए पनि ती सबै सुरुङभित्र नफसेको जानकारी...









