समाचार

हत्या गरेर फरार तीन जना पक्राउ

झापा । रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरी वादविवाद हुँदा छुरा प्रहार गरी एक जनाको हत्या गरेर फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको दमक नगरपालिका–७ घर भएका २२ वर्षीय सनमलाई राई, दमक नगरपालिका–१ बस्ने आनन्द भन्ने २२ वर्षीय राजकुमार भुजेल र दमक नगरपालिका–७ बस्ने...

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । संघीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ । बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्ने र ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक,...

रामचन्द्र स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार अधिकारीलाई

मकवानपुर । राचन्द्र स्मृति सिर्जनशील पत्रकारिता पुरस्कारबाट मकवानपुरका शम्भू अधिकारी सम्मानित भएका छन् । सोमबार हेटौंडामा सम्पन्न निकास साप्ताहिक, रेडियो सन्देश र थाहा नेपाल डटकमको वार्षिकोत्सवको अवसरमा अधिकारीलाई सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका...

चितुवाको छालासहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले संरक्षित वन्यजन्तु चितुवाको छालासहित पाँच जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बिक्री वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भोजपुरका ३९ वर्षीय लक्ष्मण विश्वकर्मा, २०...

एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । कोशी प्रदेश अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत प्राप्त गर्दा ढकालले ४३० मत प्राप्त गरे । यस्तै, प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित...

आज बागमतीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहनुका साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगण आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा...

कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो शैक्षिक सत्रमा कक्षा १२ को वार्षिक परीक्षा आगामी बैशाखमा सञ्चालन गर्ने भएको छ । बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को बैशाख पहिलो हप्तादेखि संचालन गर्ने जनाएको हो । परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा पूरक परीक्षा गर्ने...

हेटौंडा जेसीजद्वारा आयोजित वतृत्वकलामा पौडेल प्रथम

मकवानपुर । हेटौंडा जेसीजले आयोजना गरेको राष्ट्रियस्तरको वतृत्वकला प्रतियोगितामा नवलपुर जिल्लाकी यमकला पौडेल प्रथम भएकी छिन् । उनले नगद २५ हजारसहित प्रमाणपत्र प्राप्त गरेकी छिन् । त्यस्तै प्रतियोगितामा पोखराकी सुस्मा आचार्य दोस्रो र नवलपुरकी पुजा पराजुली तेस्रो भएकी छिन् । उनीहरुले क्रमश नगद १५ हजार र १० हजारसहित प्रमाणपत्र...

बागमती मन्त्रिपरिषद् : चलचित्र विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृती प्रदान

मकवानपुर । बागमती प्रदेश सरकारले चलचित्र विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ । सोमबार बसेको प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । यस्तै, बैठकले हस्तकला ग्राम स्थापना तथा संचालन गर्न बनेको विद्येयक २०८० प्रदेश सभामा...

बागमती प्रदेश सभा : प्रतिपक्षका सांसदले अवरोध गरेपछि…

मकवानपुर । बागमती प्रदेश सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमाले र अन्य प्रतिपक्ष दलका सांसदहरुको अवरोधपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरेका हुन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुर्नविचारको लागि फिर्ता पठाएको प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा...