लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

तु खबर संवाददाता
२०८३ कार्तिक २, आईतवार १७:०८

लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। उनलाई ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौं उपत्यका प्रहरी परिसर, भद्रकालीको टोलीले नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार भट्टलाई सम्पत्ति शुद्धीकरण तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको हो।

प्रहरीले भट्टलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। उक्त प्रकरणमा थप विवरण अनुसन्धानबाट खुल्ने र आवश्यक जानकारी अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।