सर्वाेच्च अदालतका नवनियुक्त चार न्यायाधीशले लिए शपथ
न्याय परिषदको सिफारिसमा राष्ट्रपतिले आजै नियुक्त गरेका सर्वाेच्च अदालतका चारजना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपतिको उपस्थितिमा सर्वाेच्च अदालतका प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम न्याय परिषदको सिफारिसमा आज कात्तिक २७ गते शुक्रबार सर्वोच्च अदालतमा चारजना न्यायधीश नियुक्त गरेका थिए।
न्यायाधीश नियुक्त हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्। बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुन भने सारु उच्च अदालत पाटनका न्यायाधीश हुन्।
त्यसैगरी सर्वोच्च अदालतमा नियुक्त भएका पाण्डे उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीश हुन भने डाँगी उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजका न्यायाधीश हुन्।
