राजनीति/ समाज
९ दलको सहभागीमा मन्त्रीपरिषद् विस्तार हुँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । ९ दलीय सत्ता गठबन्धनमा मन्त्रालयको संख्यामा सहमति जुटेकोले आज मन्त्रीपरिषद् विस्तार गरिने भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको बैठकले मन्त्रालय संख्याबारे सैद्धान्तिक सहमति जुटाएको थियो । गठबन्धन बैठकमा नेपाली कांग्रेसले...
बागमती प्रदेश : मन्त्रालय भागबण्डाको टुंगो लगाउन कार्यदल बैठक बस्दै
मकवानपुर । बागमती प्रदेशको मन्त्रालय भागबण्डाको टुंगो लगाउन आज कार्यदलको बैठक बस्दैछ । बैठक बिहान ९ बजे काठमाडौंस्थित बानेश्वरमा बस्ने भएको हो । मन्त्रालय भागबण्डाको टुंगो लगाउन प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको काठमाडौंमा बसेको बैठकले कार्यदल गठन गरेको थियो । बागमती प्रदेश संसदीय दलका...
बागमती प्रदेश : मन्त्रीपरिषद् बैठकको चार निर्णय
मकवानपुर । बागमती प्रदेश मन्त्रीपरिषद्को आज बसेको बैठकले विभिन्न चार वटा निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बुधबार बसेको बैठकले विभिन्न चार वटा निर्णय गरेको हो । बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिने र प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा...
मन्त्रालयको भागबण्डा टुंग्याउन गठबन्धनको बैठक जारी
काठमाडौं । मन्त्रिपरिषदमा दलहरुले प्राप्त गर्ने मन्त्रालय र संख्या टुंगाउनका लागि दश दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सरकारी निवास बालुवाटारमा जारी छ । सत्तारुढ दलका नेताहरुका अनुसार आज नै केही मन्त्रीलाई शपथ गराउने तयारी छ । पूर्ण आकारको मन्त्रिपरिषद् भने मन्त्रालयको भागवण्डा...
तीन मन्त्रालय पाउने ग्यारेन्टी नगरेसम्म मन्त्रीको नाम नदिने : समाजवादी
काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउने ग्यारेन्टी नगरेसम्म मन्त्रीको नाम नपठाउने निर्णय गरेको छ । सो पार्टीको बुधवार दिउँसो बसेको आकस्मिक केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफुले तीन वटा मन्त्रालय पाउनुपर्ने दाबी गर्दै मन्त्रालय प्राप्त नभइसकेको र...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो...
यी तीन क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अन्तरिम आदेश
काठमाडौं । उच्च अदालत पाटकले रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर), पाटन क्याम्पस र नेपाल कमर्स क्याम्पसमा तत्काल निर्वाचन गराउन अन्तरिम आदेश जारी गरेको छ । अदालतले स्थगित कलेजहरूमा सम्बद्ध सबै पक्षलाई समावेश गराई समन्वय गरी निर्वाचन हुने मिति तोकी स्ववियु निर्वाचनसम्बन्धी काम अगाडि बढाउन अन्तरिम आदेश जारी गरेको हो ।...
बालुवाटारमा गठबन्धनको बैठक जारी
काठमाडौं । सत्ता गठबन्धनमा रहेका १० दलको बैठक हाल जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो । आजको बैठकमा मन्त्रालयको भागबन्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमा सहमति जुटे आजै मन्त्रिमण्डल विस्तार...
एकीकृत समाजवादीले सोध्यो न्यौपानेलाई स्पष्टीकरण
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोधेको छ । मंगलबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको एक नेताले जानकारी दिए । न्यौपानेले विगत केही समययता लगातार कार्यकर्ता भड्काउने गरी स्ट्याटस लेखेको निष्कर्षसहित पार्टीले स्पष्टीकरण सोधिएको हो । तर, एकीकृत समाजवादीले उक्त...
किसान महासंघको तदर्थ समितिमा १७ जना मनोनित
काठमाडौँ । नेपाल किसान महासंघको तदर्थ समितिमा १७ जना सदस्य मनोनित गरिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तदर्थ समिति विस्तार गरेका हुन् । गणेश तिमिल्सिनाको अध्यक्षतामा रहेको महासंघको सदस्यमा मनोनित हुनेमा काठमाडौंका आदर्शविक्रम कार्की, नवलपुरका महेन्द्रभक्त अधिकारी, तनहुँका प्रभात आले, कास्कीका नम्रता बराल, सुर्खेतका प्रेमबहादुर घले, काठमाडौंका...