राजनीति/ समाज

अमेरिकाद्वारा नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोगको घोषणा

संयुक्त राज्य अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोग गर्ने घोषणा गरेको छ । बिनाशकारी रसुवा भोटेकोशी बाढीपछि प्रभावितलाई राहत, पुर्नस्थापना र भत्किएका पुलहरुको निर्माणका लागि यो रकम सहयोग गर्ने घोषणा गरेको हो । यस अघि पनि अमेरिकी सरकारले करीव ७५ करोड सहयोग गरेको थियो । बाढी आएको...

नेपालमा बाढी पछि अमेरिकाले तत्काल मावनीय सहयोग गर्यो : प्रवक्ता पिगट

न्युयोर्क — रसुवा भोटेकोशीमा आएको विनासकारी बाढीमा तत्काल मानवीय सहयोगका लागि अमेरिकी सरकारले ५० लाख डलरभन्दा बढी सहयोग उपलब्ध गराएको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयको तर्फबाट न्युयोर्कमा रहेको फरेन प्रेस सेन्टरमा केही सिमित पत्रकारहरुसँग कुराकानी गर्दै विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले आवश्यक परेमा थप सहायता बढ्ने समेत जानकारी...

अमेरिका इतिहासकै सबैभन्दा बलियोः राष्ट्रपति ट्रम्प

संयुक्त राष्ट्रसंघ ,न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इतिहासकै सबैभन्दा बलियो, समृद्ध र सुरक्षित अवस्थामा रहेको बताएका छन् । दुई वर्षअघि आफ्नो देश मृत अवस्थामा रहेको उल्लेख गर्दै ट्रम्पले अहिले अमेरिका संसारकै सबैभन्दा आकर्षक देश बनेको बताएका छन् । मंगलबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित महासभामा बोल्दै राष्ट्रपति...

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरुथिशामबीच भेटवार्ता

न्यूयोर्क । संयुक्त राष्ट्रसंघ महासभाको क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरुथिशाम एडमसँग द्विपक्षीय भेटवार्ता भएको छ । राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा भएको भेटवार्तामा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि माल्दिभ्स सरकार र जनताले व्यक्त गरेको समवेदना, ऐक्यबद्धता तथा प्रदान गरेको मानवीय सहयोगप्रति आभार गरेको परराष्ट्र मन्त्रालय नेपालले...

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगी बीच भेटवार्ता

न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति जापानका विदेशमन्त्री मोटेगीले गहिरो दुःख व्यक्त गर्दै पीडितप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र प्रभावितप्रति समवेदना व्यक्त गरेको नेपालको परराष्ट्र मन्त्रालयले...

नेपालका परराष्ट्रमन्त्रीद्वारा भुटानका प्रधानमन्त्रीसित भेटवार्ता

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क आएका नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले आज भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे सित द्विपक्षीय भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघ मुख्यालयमा भुटानका प्रधानमन्त्रीसित न्युयोर्कमा भएको भेटमा द्विपक्षीय हीतका सन्दर्भमा कुराकानी भएको संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले जानकारी दिए ।...

रसुवा-भोटेकोशी बाढीमा बेपत्तालाई संक्षिप्त कार्यविधिमार्फत बीमा रकम भुक्तानीको तयारी

बीमा प्राधिकरणले रसुवा भोटेकोशीमा आएको बिनाशकारी बाढी पहिरोमा परी बेपत्ता भएकाहरुको आश्रित परिवारका सदस्य तथा हकवालाहरुलाई जीवन बीमा बापतको रकम छुट्टै संक्षिप्त कार्य विधि बनाएर दावी भुक्तानी गर्ने गराउने अन्तिम तयारीमा जुटेको छ । बीमा कानुन र नेपालको प्रचलित कानुन बमोजिम बेपत्ता व्यक्तिको बीमा दावी भुक्तानीमा कानुनी झन्झटहरु हुने...

मध्यावधि चुनाव जिते प्रत्येक अमेरिकीलाई ५ हजार डलर दिने ट्रम्पको घोषणा

न्युयोर्क । राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो नोभेम्बर महिनामा हुने मध्यावधि निर्वाचनमा काँग्रेसका दुबै सदनमा रिपब्लिकन पार्टीले जीत हासिल गरेमा प्रत्येक अमेरिकी नागरिकलाई ५ हजार डलर लाभांश दिने घोषणा गरेका छन् । रिपब्लिकन पार्टीको पहिलो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले मध्यावधि निर्वाचनमा काँग्रेसको दुबै सदनमा रिपब्लिकन पार्टीले जित हासिल गरेमा...

परराष्ट्रमन्त्री खनाल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छन्। शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनले हालैको भोटेकोशी बाढीबाट ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपालसँग अमेरिका रहेको बताइन्। भेटका क्रममा बोल्डिनले बाढीपछि उत्पन्न मानवीय संकट समाधानका लागि राहत,...

नेपालका लागि कार्यवाहक अमेरिकी राजदूतको जिम्मेवारीमा मेगन बोल्डिन

मेगन बोल्डिनले कार्यवाहक अमेरिकी राजदूतका रूपमा जिम्मेवारी सम्हाल्ने भएकी छन् । नेपालस्थित अमेरिकी दूतावासले बोल्डिनलाई काठमाडौंमा स्वागत गर्दै केही महिनाका लागि उनले कार्यवाहक अमेरिकी राजदूतको जिम्मेवारी सम्हाल्ने जनाएको छ । दूतावासका अनुसार बोल्डिनको प्राथमिकता नेपालमा आएको बाढीबाट प्रभावित अमेरिकी नागरिकको उद्धार तथा सहयोगमा केन्द्रित हुनेछ । उनले नियोग उपप्रमुख...