राजनीति/ समाज
पर्सा अदालतमा चलेको रविविरुद्ध अभियोग फिर्ता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा चलिरहेको सहकारी ठगीसँग सम्बन्धित संगठित अपराध सम्बन्धी अभियोग फिर्ता भएको छ । महान्यायाधिवक्ताको निर्णय बमोजिम सरकारी वकिलले अदालतमा आरोपपत्र संशोधनका लागि दिएको निवेदन उपर न्यायाधीश मोहन सुवेदीको इजलासले आरोपपत्र संशोधनको अनुमति दिएको हो । सरकारी वकिलको कार्यालयले सानो पाइला सहकारीको...
गृहमन्त्रीमा गुरुङ र नवप्रवर्तनमन्त्रीमा पुनले लिए सपथ
प्रधानमन्त्री बालेन्द्र शाहले २ मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त गरेका हुन् । नवनियुक्त दुवै मन्त्रीले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा...
कम्बोडियाबाट तत्काल नेपाल फर्किन नेपालीहरूलाई राजदूतावासको आग्रह
थाइल्यान्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा गैरकानुनी तरिकाले बस्दै आएका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ। राजदूतावासले एक विज्ञप्ति जारी गर्दै भिसा अवधि समाप्त भएपछि नवीकरण नगरी कम्बोडियामा बस्दै आएका ६६ जना नेपालीलाई नेपाल फर्किन भनेको हो। भ्रमण लगायतका विभिन्न उद्देश्यले कम्बोडिया पुगेर भिसा अवधि सकिएपछि पनि त्यहीँ बसेपछि राजदूतावासले...
खनालको भारत भ्रमण : द्विपक्षीय सम्बन्ध सुदृढ गर्न तीन महत्त्वपूर्ण सहमति
काठमाडौँ । नयाँ दिल्लीमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकर बीच शनिबार साँझ भएको भेटवार्तापछि नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित तीन बुँदे संयुक्त घोषणा जारी गरिएको छ। भेटवार्ताका क्रममा दुवै पक्षबीच व्यापार तथा आर्थिक सहयोगका विविध विषयमा विस्तृत छलफल भएको थियो। साथै सीमापार सम्पर्क विस्तार,...
परराष्ट्रमन्त्री खनालको औपचारिक भारत भ्रमण सुरु
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशङ्कर को निमन्त्रणामा उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्। नयाँ दिल्ली प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री खनालले रास्वपाको सरकार बनेपछिको यो पहिलो उच्चस्तरीय भ्रमण भएको उल्लेख गर्दै यस क्रममा...
राष्ट्रसंघको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित, महत्वपूर्ण उपलब्धी भयो : थापा
नेपाल संयुक्त राष्ट्रसंघीय महासभा (युएनजीए) को ८१औँ अधिवेशनअन्तर्गत प्रथम समिति (निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा) को अध्यक्षमा निर्वाचित भएको छ। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सदस्य राष्ट्रहरूले नेपालमाथि गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै यसलाई बहुपक्षीयता, अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा तथा विश्वव्यापी निःशस्त्रीकरणका प्रयासप्रति सात दशकभन्दा लामो...
पूर्वसभामुख महरालाई एक लाख धरौटीमा छोड्न अदालतको आदेश
पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छोड्न विशेष अदालतले आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले महरालाई एक लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । भेपभित्र राखेर सुन तस्करीमा सघाएको आरोप सहितको मुद्दामा उनी पक्राउ परेका थिए । चैत...
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको अवरोध
प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्दावित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका हुन् । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू उठेर विरोध गरेका हुन् ।...
लिपुलेक लिम्पियाधुराबारे हामीले कूटनीतिक नोट पठाएका छौँः प्रधानमन्त्री
काठमाडौँ ।प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेकमा चीन र भारतले खोलेको व्यापारिक मार्गबारे सरकारले भारत र चीनलाई डिप्लोमेटिक नोट पठाएको जानकारी दिएका छन् । प्रतिनिधि सभामा सम्बोदन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री शाहले भने, ‘लिपुलेख र लिम्पियाधुरामा भारत र चीनले बनाएको व्यापारी मार्गको बारेमा डिप्लोमेटिक नोट पठाएको छ ।...
सरकारले बजेटमार्फत् २१ प्रतिशतले बढायो कर्मचारीको तलब
सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । महंगी भत्ता कायम राखेर आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको छ । यस्तै, १० प्रतिशत मासिक प्रोत्साहन भत्ता कर्मचारीले...










