राजनीति/ समाज
राष्ट्रसंघ महासभामा नेपालका प्रधानमन्त्री शाह सहभागी हुने
न्यूयोर्क। संयुक्त राष्ट्रसंघको महासभालाई नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने भएका छन्। यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वको टोली सहभागी हुने निर्णय गरिएकोमा रसुवा बाढीपछि प्रधानमन्त्री शाहकै नेतृत्वको टोलीले महासभामा भाग लिने निर्णय भएको हो। जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने र उचित क्षतिपूर्तिको लागि पहल गर्न...
नेपालमा खोज तथा उद्धारका लागि सहायता बढाउन सांसदद्वारा रुबियोलाई आग्रह
न्युयोर्क । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार र भौतिक संरचनाहरूको पुनर्निर्माणमा अमेरिकी सहयोग बढाउन यहाँका सांसदहरूले विदेशमन्त्री मार्को रुबियोलाई आग्रह गरेका छन्। न्युयोर्कबाट सञ्चालित अनलाइन मिडिया ‘खसोखास’ ले लेखेको समाचार अनुसार, अमेरिकी सहयोग उल्लेख्य रूपमा बढाउन २७ अमेरिकी सांसदले विदेशमन्त्री रुबियोलाई आग्रह गरेका हुन्। विदेशमन्त्री रुबियोलाई पत्र पठाउँदै...
विपत्तिपछि प्रधानमन्त्री शाहको संसद् मा सम्बोधनः के गर्दैछ सरकार ?
सम्माननीय सभामुख महोदयज्यू, आज म विशेष जिम्मेवारीसहित यस गरिमामय सार्वभौम संसदको रोस्ट्रममा उभिएको छु। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षणभरमै हामीबाट आमाबुबा, दिदीबहिनी र दाजुभाइ खोसेर लग्यो। यस अकल्पनीय विपत्तिमा परेर ज्यान गुमाउनुहुने सम्पूर्ण मानिसहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। आफ्ना मान्छे गुमाएर गहिरो शोकमा पर्नुभएका...
नेपालमा विनाशकारी बाढीः न्युयोर्कका गभर्नर होकुल र मेयर ममदानीद्वारा दुःख व्यक्त
गिरिजा अधिकारी, न्युयोर्क । नेपाल-तिब्बत सीमा क्षेत्रमा हिमनदी र बरफ-चट्टान खसेर आएको भीषण पहिरो तथा त्यसपछिको बाढीले पुर्याएको ठूलो जनधनको क्षतिप्रति अमेरिकाको न्युयोर्क राज्यकी गर्भनर क्याथी होकुल र न्युयोर्क सिटीका मेयर जोहरान मामदानीले दुख व्यक्त गरेका छन् । बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको सतहले नेपालको रसुवा, नुवाकोट,...
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
नेपाल सरकार, गृह मन्त्रालयले भोलि भदौ १० गते बुधबारका दिन मोहम्मद जयन्तीको अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रालयद्वारा जारी सूचनाअनुसार, २०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि बिदा दिने व्यवस्था रहेको छ। सोही...
काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खोल्न नेपालको सहमति
नेपाल सरकार मन्त्रिपरिषद्ले काठमाडौंमा पोर्चुगलको राजदुतावास खोल्न सहमति दिएको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद्को वैठकले राजधानी काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिएको हो । नेपालले काठमाडौंमा कन्सुलर कार्यालय खोल्न आग्रह गरेपछि पोर्चुगलले कन्सुलर कार्यालय खोल्ने निर्णय गरेर नेपाललाई सहमतिका लागि अनुरोध गरेको थियो । पोर्चुगलको कन्सुलर कार्यालय...
कानुनी व्यवस्था भए औषधीय गाँजा खेतीमा सहजीकरण गर्छौं : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा उत्पादन तथा बजारीकरणलाई कानुनी रूपमा व्यवस्थित गर्न सकिए अर्थ मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताएका छन्। राष्ट्रियसभाको बैठकमा सांसद विष्णुकुमारी सापकोटाले सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले गाँजालाई आय, रोजगारी र सम्भावित राजस्वको स्रोतका रूपमा मात्र हेर्न नहुने बताए। औषधिजन्य प्रयोगसँगै...
रास्वपा सभापति लामिछानेले बोलाए संसदीय दलको बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद तथा मन्त्रीहरूसँग छलफल गर्न संसदीय दलको बैठक बोलाएका छन्। बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा पार्टीका सबै सांसद तथा मन्त्रीलाई उपस्थित हुन भनिएको छ। रास्वपाकी केन्द्रीय सदस्य लिमा अधिकारीका अनुसार संसद्मा...
युवामा लगानी र निर्णय प्रक्रियामा सहभागिता बढाउन संयुक्त राष्ट्रसङ्घको आह्वान
न्यूयोर्क – अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका युवाहरूको सिर्जनशीलता, गतिशीलता र नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै उनीहरूमाथि लगानी बढाउन र निर्णय प्रक्रियामा समावेश गर्न विश्व समुदायसँग आह्वान गरेका छन् । ‘भिन्न सन्दर्भ, साझा आकांक्षा’ भन्ने नाराका साथ मनाइएको यस वर्षको दिवसका अवसरमा सन्देश जारी गर्दै...
पत्रकार किशोर श्रेष्ठलाई तत्कालै रिहा गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतकाले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई हाजिर जमानीमा रिहा गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । सर्वोच्च अदालतले जनआस्थाका प्रधान सम्पादक श्रेष्ठलाई हिरासतमुक्त गर्न र निजको कार्यालयबाट बरामद गरिएका सम्पूर्ण सञ्चार उपहरणहरु आजै फिर्ता दिन आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको...










