राजनीति/ समाज

सरकारद्वारा २९ जना सहसचिव र प्रदेश सचिवको सरुवा

नेपाल सरकार मन्त्रिपरिषद्ले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव, प्रदेश सचिव वा सो सरहका २९ जना उच्चपदस्थ कर्मचारीहरूको सरुवा गरेको छ । सरुवा सूची अनुसार पूर्वाधार विकास मन्त्रालयमा कार्यरत सहसचिव नारायण प्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय र सोही मन्त्रालयका राम कुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको...

मतदाता नामावली (पहिलो संशोधन) विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

मतदाता नामावली ९पहिलो संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको छ । राष्ट्रियसभाको बुधवारको बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत रुपमा स्वीकृत गरेको हो । कानून, न्याय, संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त मतदाता नामावली (पहिलो संशोध) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने...

जेनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक

राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलन दमन प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित उनका दुई मन्त्रीविरुद्ध मानवता तथा मानव अधिकारविरुद्धको कसुरमा कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगको मंगलबार बसेको बैठकले आन्दोलन दमनका क्रममा गम्भीर मानव अधिकार उल्लंघन भएको निष्कर्ष निकाल्दै तत्कालीन गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री...

राज्यकोष होइन, ऋण असुलीबाटै बचत फिर्ता : सहकारी व्यवस्थापन समिति

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका ऋणीबाट असुल गरिएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले राज्यकोषको रकमबाट बचत फिर्ता नगरिएको जनाएको हो । समितिका अनुसार समस्याग्रस्त घोषित २० सहकारीका १० हजारभन्दा कम...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

आज बसेको मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेको छ । सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो। आर्थिक वर्ष ८३/८४ मा बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य मोटो धानको ३६६० रूपैयाँ प्रति क्विन्टल र मध्यम धानको ३८६० रूपैयाँ प्रतिक्विन्टल तोक्ने निर्णय गरेको हो । सरकारले नेपाल चीन जोड्ने...

ग्रीन कार्डका लागि आवेदकले अमेरिका बाहिर गएर निवेदन दिनुपर्ने

अमेरिकी नागरिकता र आप्रवासन सेवाले नयाँ नीति जारी गर्दै ग्रीन कार्डका लागि आवेदन दिने अधिकांशले अमेरिका बाहिर आफ्नै देशबाट आवेदन दिनुपर्ने नीति ल्याएको छ । नीति अनुसार, अब आप्रवासीले अमेरिकाभित्रबाट स्थिति समायोजन गर्न सक्ने छैनन् । उनीहरुले आफ्नै देशमा कन्सुलर प्रकृया पूरा गर्नुपर्ने प्रावधान कडाइका साथ लागु गरिनेछ ।...

दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज

दुर्गा प्रसाईंलाई सरकारले गैरकानुनी रुपमा थुनामा राखेकोले सो थुनाबाट मुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतलाई न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले शुक्रबार बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको हो । रिट खारेज गरिएको भएपनि चार दिनभित्र अनुसन्धान...

नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वः वैद्य र प्रधान विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिले पूर्णता पाएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदमा वैद्यले ५६ मत प्राप्त गर्दै विजय हासिल गरे । उनका प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत...

मीनबहादुर गुरूङले दान दिएको जग्गा फिर्ता गर्ने एमालेको निर्णय

नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने भएको छ । एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मीनबहादुर गुरूङलाई कलंकीमा १० रोपनी १४ आना जग्गा दिएको र घर बनाउने भनेर शिलान्यास समेत गरेको प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने कार्यसूची पेस गरेका थिए। २०८१ असोजमा व्यवसायी मीनबहादुर गुरूङले एमालेलाई १०...

विपक्षी अवरोधका बीच प्रतिनिधिसभा सञ्चालन, निर्वाचनसम्बन्धी अध्यादेश अगाडि बढाइँदै

विपक्षी दलहरूको अवरोधका बीच सभामुख डोलप्रसाद अर्याल ले प्रतिनिधिसभा बैठकको कारबाही अगाडि बढाएका छन् । पहिलो बैठकमा विपक्षीको अवरोधपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो । त्यसपछि पुनः सुरु भएको बैठकमा पनि विपक्षी सांसदहरूले नाराबाजी जारी राखेपछि सभामुख अर्यालले कार्यसूची अगाडि बढाएका हुन् । प्रतिपक्षी दलका सांसदहरू आ–आफ्नो...