राजनीति/ समाज
क्यानाडा सरकारद्वारा टोरन्टोका १० व्यवसायलाई सहयोग गर्न ९० लाख डलर लगानीको घोषणा
टोरन्टो, ओन्टारियो । क्यानाडा सरकारले ग्रेटर टोरन्टो क्षेत्रका व्यवसायहरूलाई बजारमा प्रतिस्पर्धा गर्न, आधुनिकीकरण गर्न र उत्पादकत्व बढाउनका लागि ९० लाख डलर लगानी घोषणा गरेको छ । फेडरल इकोनोमिक डेभलपमेन्ट एजेन्सी फर साउदर्न ओन्टारियोमार्फत व्यापार अवरोध तथा भन्सार शुल्क (ट्यारिफ) बाट प्रभावित भएका १० वटा स्थानीय व्यवसायहरूलाई सुदृढ बनाउन करिब...
प्रेस काउन्सिलको अध्यक्ष खुला प्रतिस्पर्धाबाट नियुक्त गरिंदै
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले प्रेस काउन्सिलको अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको छ। यसका लागि तीस वर्ष पूरा भई ६५ वर्ष ननाघेको, कुनै विषयमा कम्तीमा स्नातक उत्तीर्ण गरेको, प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम योग्यता भएको, वरिष्ठ अधिवक्ताको हकमा सोको प्रमाणपत्र पेश गर्नु पर्नेछ।...
प्रतिनिधिसभा बैठकमा पेश गरियो दुई वटा विधेयक
सरकारका तर्फबाट प्रतिनिधिसभामा दुई वटा विधयेक पेश गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुई विधेयक पेश गरेकी हुन् । उनले प्रतिनिधिसभा निर्वाचन (पहिलो संशोधन) विधयेक, २०८३ र मतदाता नियमावली (पहिलो संशोधन) विधयेक पेश गरेकी हुन् । जनसंख्याको...
आज संसद बैठक बस्दै, दुई विधेयक प्रस्तुत गरिने
काठमाडौं । आज बुधबार संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद भवनमा बस्नेछ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाह (बालेन) को तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्वाचन सम्बन्धी दुई विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। मन्त्री सोविता...
श्रम संस्कृति पार्टीद्वारा प्रतिनिधिसभामा प्रदर्शन
श्रम संस्कृति पार्टीका सांसदहरुले प्रतिनिधिसभामा विरोध प्रदर्शन गरेका छन् । प्रतिनिधिसभा बैठक सभामुख डोलप्रसाद अर्यालले सुरु भएको घोषणा गरेपछि श्रम संस्कृति पार्टीका सांसदहरुले आफ्नो स्थानबाट उठेर विरोध प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री जवाफदेही बनेको खोई भनेर लेखिएको पर्चा बोकेर उनीहरुले प्रतिनिधिसभामा विरोध प्रदर्शन गरेका हुन् । वैठक प्रारम्भ हुनासाथ...
राखेपद्वारा एन्फामाथि गरिएको निलम्बन फुकुवा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार अखिल नेपाल फुटबल संघमाथिको निलम्बन फुकुवा गरेको छ । गत चैत ११ गते परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको थियो, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राखेपका सदस्य सचिव र एन्फाका पदाधिकारीबीच भएको छलफलपछि निलम्बन फुकुवाका लागि राखेप तयार भएको हो...
राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
सत्तारुढ रास्वपाको प्रतिनिधित्व नै नभए पनि राष्ट्रियसभाबाट सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको छ । नेपाली कांग्रेस, नेकपा र नेकपा एमालेका सांसदहरुले राखेका संशोधन प्रस्तावहरु अस्वीकृत गर्दै राष्ट्रियसभाले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको हो । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले जवाफ दिएपछि राष्ट्रियसभाले सरकारको नीति तथा कार्यक्रम...
मन्त्रालय संख्या घटाइएपछि मन्त्रीहरूको जिम्मेवारी हेरफेर
सरकारले मन्त्रालयहरूको संख्या घटाएपछि मन्त्रीहरूको जिम्मेवारी पुनः एकपटक हेरफेर गरेको छ । मन्त्रालयहरूलाई १८ वटामा सीमित गरिएसँगै सोहीअनुसार कार्यविभाजन पुनः निर्धारण गरिएको हो । सरकारी निर्णयअनुसार हाल कायम रहेका मन्त्रालयहरूको संरचना पुनर्संयोजन भए पनि खारेज नभएका वा गाभिन नपरेका मन्त्रालयहरूमा मन्त्रीहरूको जिम्मेवारी यथावत राखिएको छ । नयाँ गठन गरिएको...
संसद् बैठकमा प्रधानमन्त्री शाहको राजिनामा माग
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको राजिनामा माग गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद् बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्री बैठकमा नआएपछि शाहको राजिनामा मागिएको हो । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्री संसद् बैठकमा आउने पर्नेमा उनले अर्थमन्त्रीलाई त्यसका...
बालेनको सट्टा वाग्लेले जवाफ दिने भएपछि संसदमा हंगामा
राष्ट्रपतिद्वारा पेश गरिएको नीति तथा कार्यक्रममा उठेको प्रश्नमा प्रधानमन्त्री बालेन शाहको सट्टा अर्थमन्त्री स्वर्णीम वाग्लेले जवाफ दिने भएपछि प्रतिनिधिसभामा हंगामा मच्चिएको छ। सभामुख डोलप्रसाद अर्यालले वाग्लेलाई प्रश्नको जवाफ दिन आह्वान गर्नासाथ विपक्षी दलहरूले टेबल ठटाएर विरोध गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कडा शब्दमा विरोध गर्दै बैठक...









