राजनीति/ समाज
विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
पूर्वउपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेललाई विशेष अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ । सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो । सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्धामा अनुसन्धान गर्न...
गृहमन्त्री सुधन गुरुङको खानामा माछाको हड्डी भेटिएपछि प्रहरीद्वारा सोधपुछ
रास्वपाको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका गृहमन्त्री सुधन गुरुङ बसेको होटलको खानामा अखाद्य बस्तु फेला परेको छ । विमानस्थल नजिकै लड्स प्लाजामा मन्त्री गुरुङले अमलेट खाने क्रममा माछाको हड्डी भेटिएको थियो । अमलेटमा माछाको काँडा फेला परेपछि प्रहरीले सो होटलका दुई जना कर्मचारीलाई सोधपुछ गरेको छ । । उनले...
उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी डेल्पिटियाले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन्। भेटमा शुभकामना आदानप्रदान पश्चात् नेपाल–श्रीलंका सम्बन्धका विविध आयामबारे संवाद भएको थियो। उपराष्ट्रपति यादवले नेपाल र श्रीलंकाबीचको सम्बन्ध मित्रता, सद्भाव, आपसी समझदारी र सहयोगमा आधारित रही सन् १९५७ जुलाईमा कूटनीतिक सम्बन्ध स्थापना...
पासपोर्टको अनियमिततामा आरजुसहित १८ जनाविरुद्ध मुद्दा चलाउने निर्णय
पासपोर्ट छपाइसम्बन्धी बोलपत्रमा भएको अनियमिततामा अख्तियारले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आजै मुद्दा दायर गर्ने तयारी गरेको छ। अख्तियारको टोली मिसिल र आरोपीसहित बिशेष अदालत पुगेको छ। सरकारको चासोपछि फास्ट ट्र्याकमा अनुसन्धान अघि बढेको यो प्रकरणमा परराष्ट्रका...
रास्वपा हाम्रो प्रतिस्पर्धी हो, दुश्मन होइन : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो पार्टीको प्रतिस्पर्धी भए पनि दुश्मन नभएको बताएका छन्। रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक राजनीतिमा स्वस्थ प्रतिस्पर्धामार्फत अगाडि बढ्नुपर्ने धारणा राखेका हुन्। थापाले नेपाली कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा स्वाभाविक रहेको उल्लेख गर्दै कांग्रेस रास्वपाभन्दा अझ बलियो र प्रभावशाली...
देश रास्वपाको हातमा सुरक्षित छः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा भइरहेको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै देश अहिले रास्वपाको हातमा भएको र सुरक्षित रहेको बताएका छन्। उनले बदलिएको परिस्थितिले आज रास्वपालाई शक्तिशाली बनाएको भन्दै शक्तिशाली बन्नुको अर्थ दम्भ देखाउने लाइसेन्स प्राप्त गर्नु नभई जनतालाई डेलिभरी दिने साधन भएको बताए। रास्वपालाई प्रतिशोध र दम्भभन्दा...
बटाला अदालतमा उपस्थित, कारागार चलान
जनमुक्ति सेनाका पूर्व कमाण्डर एवम् नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गोविन्दबहादुर बटाला सर्वोच्च अदालतमा उपस्थित भएका छन् । व्यवसायी रामहरि श्रेष्ठको अपहरण र हत्या सम्बन्धी मुद्दामा उनलाई १० वर्ष कैद हुने फैसला भएपछि उनी सर्वोच्च अदालत आफै उपस्थित भएका हुन् । न्यायाधीशहरु डा. नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र...
प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीको स्पष्टीकरण
परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमासम्बन्धी दिएको अभिव्यक्तिका विषयमा सरकारको धारणा स्पष्ट पारेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री खनालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका क्षेत्र नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको आधिकारिक धारणा स्पष्ट तथा अपरिवर्तित रहेको बताए। उनले सीमासम्बन्धी समस्याको समाधान...
पर्सा अदालतमा चलेको रविविरुद्ध अभियोग फिर्ता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा चलिरहेको सहकारी ठगीसँग सम्बन्धित संगठित अपराध सम्बन्धी अभियोग फिर्ता भएको छ । महान्यायाधिवक्ताको निर्णय बमोजिम सरकारी वकिलले अदालतमा आरोपपत्र संशोधनका लागि दिएको निवेदन उपर न्यायाधीश मोहन सुवेदीको इजलासले आरोपपत्र संशोधनको अनुमति दिएको हो । सरकारी वकिलको कार्यालयले सानो पाइला सहकारीको...
गृहमन्त्रीमा गुरुङ र नवप्रवर्तनमन्त्रीमा पुनले लिए सपथ
प्रधानमन्त्री बालेन्द्र शाहले २ मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त गरेका हुन् । नवनियुक्त दुवै मन्त्रीले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा...










