सात वटा विश्वविद्यालयमा एकैपटक उपकुलपति नियुक्त

तु खबर संवाददाता
२०८३ असार २१, आईतवार ०२:०३

सात वटा विश्विद्यालयहरूमा एकैचोटी उपकुलपति नियुक्त भएका छन्। बालेन्द्र शाहले एकैचोटी सात विश्विद्यालयमा उपकुलपति नियुक्त गरेका हुन्।

त्रिभुवन विश्वविद्यालयमा प्रा.डा भोला थापा, सुदूरपश्चिम विश्विद्यालयमा किसन दत्त भट्ट, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपतिमा नियुक्त भएका हुन्।

उपकुलपतिको छनौटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनेको थियो। खुला प्रतिस्पर्धाबाट आएका उनीहरूलाई शुक्रबार बालेन्द्र शाहले उपकुलपतिमा नियुक्त गरेका हुन्।