चीन र भारतमा नयाँ राजदूत नियुक्त, शर्मालाई चीन र पाण्डेलाई भारतको जिम्मेवारी
राष्ट्रपति रामचन्द्र पौडेलले चीन र भारतका लागि नेपाली राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार डा. कल्याणराज शर्मालाई चीन र डा. निश्चलनाथ पाण्डेलाई भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राजदूत नियुक्त गरिएको हो ।
चीनका लागि राजदूत नियुक्त शर्मा यसअघि संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएका थिए । भारतका लागि राजदूत नियुक्त पाण्डेको नियुक्तिबारे राष्ट्रपति कार्यालयका उपसचिव ईश्वरीप्रसाद ढकालले २०८३ कात्तिक ३० गते विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।
