राजनीति/ समाज
युवामा लगानी र निर्णय प्रक्रियामा सहभागिता बढाउन संयुक्त राष्ट्रसङ्घको आह्वान
न्यूयोर्क – अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका युवाहरूको सिर्जनशीलता, गतिशीलता र नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै उनीहरूमाथि लगानी बढाउन र निर्णय प्रक्रियामा समावेश गर्न विश्व समुदायसँग आह्वान गरेका छन् । ‘भिन्न सन्दर्भ, साझा आकांक्षा’ भन्ने नाराका साथ मनाइएको यस वर्षको दिवसका अवसरमा सन्देश जारी गर्दै...
पत्रकार किशोर श्रेष्ठलाई तत्कालै रिहा गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतकाले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई हाजिर जमानीमा रिहा गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । सर्वोच्च अदालतले जनआस्थाका प्रधान सम्पादक श्रेष्ठलाई हिरासतमुक्त गर्न र निजको कार्यालयबाट बरामद गरिएका सम्पूर्ण सञ्चार उपहरणहरु आजै फिर्ता दिन आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको...
बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा राजीनामा
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन् । बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटा समक्ष बानियाँले राजिनामा पत्र बुझाएका हुन् । बानियाँले सोमबार प्रदेशसभा बैठकमै राजीनामाको घोषणा गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेका हुन् । राजीनामा घोषणा गर्नुअघि उनले आफ्नो करिब एक वर्षे कार्यकालमा प्रदेश सरकारले...
बालेनको विवादित अभिव्यक्तिपछि साढे दुई महिनामा आयो सभामुखको रुलिङ
सभामुख डोलप्रसाद अर्यालले वालेन्द्र शाह ‘बालेन’लाई संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ का विभिन्न व्यवस्थाबमोजिम प्रधानमन्त्रीलाई प्रश्नोत्तरका लागि संसदमा उपस्थित हुन निर्देशन दिएका हुन् । गत १७ जेठमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि...
कांग्रेस इतर समूहको राष्ट्रिय सम्मेलन आज सकिँदै
काठमाडौं । नेपाली कांग्रेसको इतर समूहद्वारा आयोजित तीनदिने राष्ट्रिय सम्मेलन आज सम्पन्न हुँदैछ। काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा जारी सम्मेलनको अन्तिम दिन विभिन्न राजनीतिक, आर्थिक–सामाजिक तथा सांगठनिक प्रस्तावमाथि छलफल गरी निष्कर्ष निकाल्ने कार्यक्रम रहेको छ। सम्मेलनमा प्रस्तुत गरिएका प्रस्तावमाथि सहभागी प्रतिनिधिहरूले आफ्ना धारणा, टिप्पणी र सुझाव राखिरहेका छन्। कांग्रेसका...
प्रधानमन्त्री बालेनले आज भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
काठमाडौं -प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। शाहले बिहान ११ बजे भारतीय राजदूत श्रीवास्तवसँग...
भ्रष्टाचारको आरोपमा आठबीसकोटका मेयरसहित ११ जनाविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। दुग्ध सहकारीका नाममा प्राप्त सरकारी अनुदान दुरुपयोग गरी करोडौँ रुपैयाँ हिनामिना गरेको आरोपमा आयोगले बिहीबार काठमाडौँस्थित विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो। आयोगका अनुसार आठबीसकोट दुग्ध सहकारी संस्थाका अध्यक्ष जनक बटालाले...
कन्सुलर प्रमाणीकरण सेवा पूर्ण रूपमा अनलाइन
परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने उद्देश्यसहित ‘नेपाल इ–एटेस्टेसन सिस्टम’को औपचारिक शुभारम्भ गरेको छ। नयाँ प्रणाली भदौ १ गतेदेखि सञ्चालनमा आउनेछ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ प्रणालीमार्फत सेवाग्राहीले अब संसारको जुनसुकै स्थानबाट कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन, आवेदनको अवस्था हेर्न,...
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णय
नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ८ वटा निर्णयहरू गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले विभिन्न मन्त्रालयको प्रस्तावमा यी निर्णयहरु गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्ताव अनुसार बैठकले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ भने लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत ९ऋभ्इ० पदमा काठमाडौँका...
सार्वजनिक लेखा समितिमापरेका उजुरीमाथि छानबिनको प्रक्रिया अघि बढाइने
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि छलफल गर्न समितिले सोमबार दिउँसो २ बजे बैठक बोलाएको छ । समिति सभापति भरतबहादुर खड्काका अनुसार बैठकमा प्राप्त उजुरीहरूको विवरणमाथि छलफल गरिनुका साथै ती विवरण समितिका सदस्य सांसदहरूलाई वितरण गरिनेछ। संघीय संसद् सचिवालयले संसदीय समितिहरूमा दर्ता हुने उजुरीका...










