राजनीति/ समाज

अमेरिका नेपालको बाढी प्रतिकार्यमा सबैभन्दा ठूलो दाता बनेकोमा गर्व छ: मोरिसन

अमेरिकी उपसहायक विदेशमन्त्री बेथानी मोरिसनले नेपालमा बाढी प्रतिकार्य तथा पुनस्थापनाका लागि अमेरिकी सहायता ३ करोड ६० लाख डलर पुगेको र अमेरिका अहिले उक्त प्रतिकार्यको सबैभन्दा ठूलो दाता बनेकोमा गर्व महसुस गरेको बताएकी छिन्। प्रभावकारी प्रतिकार्यसहित ३ करोड ६० लाख डलर सहयोग पुर्‍याउन सकिएको र यसले आफूलाई गर्व लागेको उनको...

जलवायु संकट सम्बोधनका लागि सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

न्युयोर्क । जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले अमेरिकाको न्युयोर्कमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालद्वारा आयोजित ‘सगरमाथा टु द सीस् अ कल टु एक्सन फर अ क्लाइमेट रेजिलिएन्ट फ्युचर’ अर्थात् ‘सगरमाथादेखि समुद्रसम्म स् जलवायु उत्थानशील भविष्यका...

संयुक्त राष्ट्रसंघमा सम्बोधन:भोटेकोशी बाढी विश्वका लागि चेतावनी होः प्रधानमन्त्री बालेन्द्र शाह

गिरिजा अधिकारी संयुक्त राष्ट्रसंघ मुख्यालय, न्युयोर्क नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी विपत् विश्वका लागि चेतावनी रहेको बताएका छन् । संयुक्त राष्ट्रको महासभालाई आज सम्बोधन गर्दै उनले नेपाललाई जलवायु न्याय र अनुदानमा आधारित वित्त, पुनर्निर्माण सहयोग आवश्यक रहेको समेत बताएका छन् । प्रधानमन्त्री शाहले नेपालले अत्यन्त कम हरितगृह ग्यास उत्सर्जन...

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित समारोहमा परराष्ट्रमन्त्री शिशिर खनाल र नामिबियाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापारमन्त्री सेल्मा असिपाला(मुसाभीले कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहअघि दुवै देशका परराष्ट्रमन्त्रीहरूबीच पारस्परिक हितका विविध विषयमा...

राष्ट्रसंघ महासचिव गुटेरेस र प्रधानमन्त्री शाहबीच भेटवार्ता

गिरिजा अधिकारी, न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले भोटेकोशी बाढीले पारेको मानवीय क्षतिप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । राष्ट्रसंघको ८१ औँ महासभाका सन्दर्भमा राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा महासचिव गुटेरेस र नेपालका प्रधानमन्त्री शाहबीच भएको भेटवार्तामा महासचिव गुटेरेसले जलवायु सम्बन्धी मुद्धामा संयुक्त राष्ट्रसंघ नेपालसँगै रहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको...

दीगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व हो: परराष्ट्रमन्त्री खनाल

न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले दिगो शान्ति निर्माणका लागि राष्ट्रिय स्वामित्व, समावेशी राज्य संस्था र जवाफदेही शासन व्यवस्था अपरिहार्य रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा आयोजित पिसबिल्डिङ कमिसनको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले राष्ट्रिय स्वामित्वलाई विश्वसनीय, वैध र दीगो शान्ति निर्माणको...

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको साझा आवाजलाई सशक्त बनाउन हिमाली राष्ट्र र साना टापु विकासशील राष्ट्रबीच थप सुदृढ सहकार्य आवश्यक रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार जलवायु जोखिममा रहेका राष्ट्रहरूको मञ्च (सीभीएफ)को नेताहरूको बैठकलाई सम्बोधन गर्दै उनले जलवायु न्याय...

संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न प्रधानमन्त्री शाह न्युयोर्कमा

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क आइपुगेका छन् । प्रधानमन्त्री शाह नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागिता जनाउन अमेरिका आइपुगेका हुन् । प्रधानमन्त्री शाहलाई न्युयोर्कमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्युयोर्कस्थित नेपाली...

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छ: परराष्ट्रमन्त्री खनाल

न्युयोर्क । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सहभागी हुँदै ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा न्युयोर्कस्थित होटल लोट्टे न्यूयोर्क प्यालेसमा भारतका विदेशमन्त्री डा। एस। जयशंकरको आयोजनामा सम्पन्न ग्लोबल...

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित समारोहमा परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहअघि दुवै मन्त्रीबीच आपसी हितका विभिन्न विषयमा...