राजनीति/ समाज
धोबीखोला करिडोरमा डोजर, विवादित साततले घर भत्काउन सुरु
काठमाडौं । देवीनगरस्थित धोबीखोला करिडोर क्षेत्रमा रहेको एक साततले भवन भत्काउने कार्य सुरु गरिएको छ। सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएको आरोपमा आइतबार बिहानदेखि उक्त घरमा डोजर चलाइएको हो।भत्काउनुअघि सुरक्षाकर्मीले भवनभित्र रहेका सामग्रीहरू बाहिर निकालिरहेका थिए। हाल उक्त क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नगर प्रहरीको ठूलो संख्यामा परिचालन...
राष्ट्रपति पौडेलद्वारा फेरि तीनवटा नयाँ अध्यादेश जारी
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीनवटा नयाँ अध्यादेश जारी गरेका छन्। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ती अध्यादेशहरू जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । जारी गरिएका अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था...
फेरि पठायो सरकारले राष्ट्रपतिसमक्ष सम्पत्ति शुद्धीकरण संशोधनसहित अर्को अध्यादेश
बालेन्द्र शाह नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाएको छ। उक्त अध्यादेश जारी गर्नका लागि रामचन्द्र पौडेल समक्ष सिफारिस गरिएको हो। सरकारले अध्यादेशमार्फत कानुनी संशोधनलाई तीव्रता दिने क्रममा यो अध्यादेश राष्ट्रपति कार्यालय पठाएको आठौँ प्रस्ताव हो। राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रितेशकुमार शाक्यका अनुसार...
राष्ट्रपति पौडेलद्वारा सहकारी र सार्वजनिक खरिद अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको हो । सरकारले यसअघि ६ वटा अध्यादेश सिफारिस गरी पठाएको भए पनि हालसम्म राष्ट्रपति...
सभापतिबाट कान्छाराम तामाङ निलम्बित
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछापका सभापति कान्छाराम तामाङ (पूर्णबहादुर तामाङ) लाई सो पदबाट निलम्बन गरेको छ। पार्टी नेतृत्वका विरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै समितिले तामाङलाई सभापति पदको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको हो । उनलाई अनुशासन विपरित अभिव्यक्ति दिएको आरोपमा ७ दिने स्पष्टिकरण सोधिएको थियो, सो...
सरकारद्वारा थप तीन अध्यादेश राष्ट्रपतिसमक्ष पेश
सरकारले थप तीन अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेश गरेको छ । यसअघि दुईवटा अध्यादेश स्वीकृतिका लागि पठाइसकेको सरकारले मंगलबार थप तीन अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको हो । सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश तथा विश्वविद्यालय सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको जनाएको...
संसद् छलेर अध्यादेश ल्याएको विषयमा विपक्षी दलहरूको बैठक आज
काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगित गरेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने प्रक्रिया अघि बढाएपछि विपक्षी दलहरूले आज संयुक्त बैठक बस्दैछन्।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन्। उनका स्वकीय सचिव एम ढुङ्गानाका...
संसद छल्दै प्रधानमन्त्री बालेनद्वारा अध्यादेश ल्याउने निर्णय
प्रधानमन्त्री बनेका बालेन शाहले पनि पूर्ववर्ती सरकारले जस्तै संसदलाई छलेर अध्यादेश ल्याउने सिफारिस गरेका छन् । आज सरकारले दुई वटा अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले यही बैशाख १७ गतेबाट आह्वान गरेको संसद बैठकलाई अचानक स्थगित गर्ने निर्णय गरेको थियो । संसद बैठक स्थगित...
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्वाचित
नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित भएका छन्। सोमबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा नेता चयन गरेको हो। यसअघि बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेको नाममा सहमति जुटाएपछि संसदीय दलले त्यसलाई अनुमोदन गरेको जानकारी निर्वाचन समितिका संयोजक एवं सहमहामन्त्री प्रकाश रसाइलीले दिएका छन्।...
सरकारद्वारा सहसचिवहरूको सरुवा तथा काज व्यवस्थापन
सरकारले निजामती प्रशासनका सहसचिवहरूलाई नयाँ जिम्मेवारी तोकेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्राङ्कित प्रथम श्रेणीका अधिकारीहरूलाई विशेष गरी प्रदेश सचिवको रूपमा विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयहरूमा खटाइएको छ। निर्णयअनुसार गृह मन्त्रालयमा कार्यरत सहसचिवहरू विष्णु प्रसाद कोइराला र रामकृष्ण अधिकारीलाई कोसी प्रदेशको प्रदेश सचिवको जिम्मेवारी दिइएको छ। त्यसैगरी, मधेश प्रदेशका लागि...








