बरिष्ठ नेता बालेन्द्र शाहको प्रस्तावमा रविले दिए सभापतिमा उम्मेदवारी
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवी लामिछानेले उम्मेदवारी दिएका छन् । प्रधानमन्त्री समेत रहेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको प्रस्तावमा लामिछानेले सभापतिमा उम्मेदवारी दिएका हुन् ।
लामिछानेले बन्दसत्रमा सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
यस अघि लामिछानले राजनीतिक प्रतिवेदन पेस गर्दै आफू र आफ्नो दलमाथि राज्यका तीनवटै अंगको दुरुपयोग गरी ‘निर्णायक षड्यन्त्र’ गरिएको बताएका छन् ।
नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बनेसँगै रास्वपा र आफूमाथि नाङ्गो राजनीतिक प्रतिशोध सुरु भएको थियो, उनले प्रतिवेदनमा भनेका छन् । त्यसका लागि संस्थागत संयन्त्रहरूको प्रयोग गरिएको थियो, लामिछानले भनेका छन् ।
यसैबीच, सभापति रवि लामिछानेले पार्टीको महाधिवेशनमा नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेदवारी दिनबाट वञ्चित नगराइने बताएका छन् । लामिछानेले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेदवार बन्न नदिने भन्ने हल्ला निराधार रहेको जानकारी दिए ।
