गृहमन्त्री सुधन गुरुङको खानामा माछाको हड्डी भेटिएपछि प्रहरीद्वारा सोधपुछ
रास्वपाको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका गृहमन्त्री सुधन गुरुङ बसेको होटलको खानामा अखाद्य बस्तु फेला परेको छ ।
विमानस्थल नजिकै लड्स प्लाजामा मन्त्री गुरुङले अमलेट खाने क्रममा माछाको हड्डी भेटिएको थियो । अमलेटमा माछाको काँडा फेला परेपछि प्रहरीले सो होटलका दुई जना कर्मचारीलाई सोधपुछ गरेको छ । । उनले भने, ‘स्थानीय प्रशासनले अनुगमन गर्दा सामान्य त्रुटि भेटिएको हो, सोधपुछ गरेर होटल कर्मचारीलाई छाडेका छौँ ।’ एक प्रहरीले भने ।
चितवनको सौराहा र भरतपुर क्षेत्रको होटलमा मङ्गलबार प्रमुख जिल्ला अधिकारी सहितको टोलीले अनुगमन गरेको एसपी पौडेलले बताए ।
रास्वपाको महाधिवेशनमा ठुलो संख्यामा प्रतिनिधि र अन्य व्यक्तिहरू चितवन आएको हुनाले मिसावट हुनसक्ने आशङ्कामा अनुगमन भइरहेको एसपी पौडेलले बताए ।
