कर्णालीका मुख्यमन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ

तु खबर संवाददाता
२०८३ श्रावण १३, बुधबार १७:१४

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार सुर्खेतस्थित कर्णाली प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथग्रहण समारोहमा कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ, पूर्वमुख्यमन्त्रीहरू यामलाल कँडेल, जीवनबहादुर शाही र राजकुमार शर्मा, उपसभामुख यशोदा न्यौपाने, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारी, प्रदेशसभा सदस्यहरू, प्रमुख सचिव, प्रदेश सचिव तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

शाही नेकपा (एमाले)को समर्थनमा मंगलबार कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। शपथग्रहणपछि उनले बुधबार नै पदभारसमेत ग्रहण गरेका छन्।