काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खोल्न नेपालको सहमति
नेपाल सरकार मन्त्रिपरिषद्ले काठमाडौंमा पोर्चुगलको राजदुतावास खोल्न सहमति दिएको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद्को वैठकले राजधानी काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिएको हो ।
नेपालले काठमाडौंमा कन्सुलर कार्यालय खोल्न आग्रह गरेपछि पोर्चुगलले कन्सुलर कार्यालय खोल्ने निर्णय गरेर नेपाललाई सहमतिका लागि अनुरोध गरेको थियो ।
पोर्चुगलको कन्सुलर कार्यालय नहुँदा नेपालीहरुले भिसा आवेदनमा समस्या भोग्दै आएका थिए । नेपालीहरु भारतसम्म पुगेर भिसा आवेदन दिनुपर्ने बाध्यता थियो ।
यस्तै, क्यानाडा सरकारलाई पनि काठमाडौंमा कन्सुलर सेवा सुरु गर्न गरिएको आग्रह भने निर्णयसम्म पुग्न सकेको छैन । क्यानाडाका लागि नेपालका राजदुत भरतराज पौड्यालले क्यानाडा सरकारले काठमाडौंमा कन्सुलर कार्यालय सञ्चालन गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
