समाचार
परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगी बीच भेटवार्ता
न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति जापानका विदेशमन्त्री मोटेगीले गहिरो दुःख व्यक्त गर्दै पीडितप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र प्रभावितप्रति समवेदना व्यक्त गरेको नेपालको परराष्ट्र मन्त्रालयले...
नेपालका परराष्ट्रमन्त्रीद्वारा भुटानका प्रधानमन्त्रीसित भेटवार्ता
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क आएका नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले आज भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे सित द्विपक्षीय भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघ मुख्यालयमा भुटानका प्रधानमन्त्रीसित न्युयोर्कमा भएको भेटमा द्विपक्षीय हीतका सन्दर्भमा कुराकानी भएको संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले जानकारी दिए ।...
नेपाली विद्यार्थी समाजको अध्यक्षमा शेर्पा
दक्षिण कोरिया । दक्षिण कोरियास्थित नेपाली विद्यार्थी समाजको अध्यक्षमा सोनाम शेर्पा निर्वाचित भएका छन्। बुसानस्थित पुक्योङ राष्ट्रिय विश्वविद्यालयमा २० सेप्टेम्बरमा सम्पन्न समाजको २३ औँ वार्षिक साधारणसभाले शेर्पालाई अध्यक्षमा निर्वाचित गरेको हो। साधारणसभामा नेपाली राजदूतावासका कार्यवाहक राजदूत निर्मलप्रसाद भट्टराईको विशेष उपस्थिति रहेको थियो। नवनिर्वाचित अध्यक्ष शेर्पाले दक्षिण कोरियामा रहेका नेपाली...
भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–१ को अडिट–३ बाट हालसम्म ३७ शव निकालियो
भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ क्षेत्रबाट थप १३ शव निकालिएको छ। असोज ४ गते नेपाली सेना र आयोजनाको संयुक्त उद्धार टोलीले अडिट–३ बाट अपस्ट्रीम हेडरेस टनेलभित्र खोजी गर्ने क्रममा कन्क्रिटिङका लागि तयार पारिएको रिबारको जालमा अल्झिएका तथा हिलोमा ढल्किएको अवस्थामा १३ शव फेला पारेको...
रसुवा-भोटेकोशी बाढीमा बेपत्तालाई संक्षिप्त कार्यविधिमार्फत बीमा रकम भुक्तानीको तयारी
बीमा प्राधिकरणले रसुवा भोटेकोशीमा आएको बिनाशकारी बाढी पहिरोमा परी बेपत्ता भएकाहरुको आश्रित परिवारका सदस्य तथा हकवालाहरुलाई जीवन बीमा बापतको रकम छुट्टै संक्षिप्त कार्य विधि बनाएर दावी भुक्तानी गर्ने गराउने अन्तिम तयारीमा जुटेको छ । बीमा कानुन र नेपालको प्रचलित कानुन बमोजिम बेपत्ता व्यक्तिको बीमा दावी भुक्तानीमा कानुनी झन्झटहरु हुने...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आज असोज ५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। सोअनुसार एक अमेरिकी डलरको खरीदभाउ १५३.१० रुपैयाँ र बिक्रीभाउ १५३.७० रुपैयाँ कायम भएको छ। त्यसैगरी १ जापानिज येनको खरीददर ९.७६ रुपैयाँ र बिक्रीदर ९.८० रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीददर ११.०४ रुपैयाँ र बिक्रीदर ११.०९...
अमेरिकाद्वारा नेपालमा बाढीबाट भएको क्षतिमा दुख व्यक्त
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रसुवा बाढीबाट भएको क्षतिप्रति दुख व्यक्त गरेका छन् । नेपालको संविधान दिवसका अवसरमा अमेरिकी सरकार र जनताको तर्फबाट शुभकामना दिँदै विदेशमन्त्री रुबियोले हालै आएको आकस्मिक बाढीबाट ज्यान गुमाएकाप्रति शोक व्यक्त गर्दै घाइते र प्रभावित परिवारमा समवेदन व्यक्त गरेका हुन् । रसुवामा आएको अप्रत्यासित र भीषण...
महासभामा भाग लिन परराष्ट्रमन्त्री खनाल आइतबार न्युयोर्क आउने
न्युयोर्क । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार न्युयोर्क आइपुग्दैछन् । यस अघि खनालको नेतृत्वमा महासभामा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने तय भएको भएपनि रसुवा बाढीपछि सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघमा जाने निर्णय गरेको थियो । शाहले भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सेप्टेम्बर...
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । श्रेष्ठ यसअघि नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । उनलाई मन्त्रिपरिषद्ले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो...
भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
काठमाडौँ । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका र नेतृत्वदायी भूमिकामा काम गरिसकेका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको हो। परराष्ट्रमन्त्री शिशिर...










