काभ्रेका सांसदले भनेः अस्थायी राजधानी नै कायम गर्ने भए प्रतिवेदनको औचित्य थिएन (हेर्नुहोस भिडियो)

२०७६ पुष २८,सोमबार १९:५२
Featured Video Play Icon

हेटौंडा, २८ पुस । काभ्रेबाट निर्वाचित नेकपाका सांसद रत्न प्रसाद ढकालले राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदनको जरुरी र औचित्यतामाथि प्रदेशसभा बैठकमा प्रश्न गरेका छन् ।

नेकपा सचिवालयले प्रदेशको अस्थायी राजधानीलाई नै कायम गर्ने गरी राजधानी हेटौंडा र नाम बागमती राख्न निर्देशन दिएपछि उनले प्रतिवेदनको आचित्यतामाथि प्रश्न गरेका हुन् ।

‘तत्कालिन सरकारले पहिला राजधानी जुन–जुन ठाउँमा अस्थायी ढंगले प्रस्ताव गर्यो सायद त्यही कुरालाई कार्यान्वयन गर्न यो समिति गठन गरिरहनु पर्थेन ।–’ ढकालले भने– ‘त्यसको आवश्यकता र औचित्यता थिएन । त्यसकारण प्रदेश ३ का अन्य जिल्लाहरु पनि छन् राजधानीका लागि उपयुक्त र लायक ।

उनले प्रतिवेदन बनाउँदा जुन–जुन अवस्थाको बारेमा अध्ययन गरिएको छ, त्यो ३ नम्बर प्रदेशका सबै जनताका जनभावना बुझेर बनाइएको बताए । समितिले ५ जिल्लाको सम्भावित राजधानीको बारेमा विस्तृत अध्ययन गरिएको भन्दै सबैभन्दा उपयुक्त काभ्रे भएको सांसद ढकालले बताए ।

उनले भौतिक पूर्वाधान, सामाजिक, साँस्कृति र वातावरणीय अवस्था बुझेर प्रतिवेदन बनाइएको बताए । विवकेपूर्ण ढंगबाट प्रदेशको राजधानी र नाम टुंग्याएर खुशी हुनुपर्ने ढकालले बताएका थिए ।

हेर्नुहोस भिडियो

यो पनि हेर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*