राजधानीको विषयमा संसदीय दलको हेटौंडा र काठमाडौंमा बैठक

तु खबर संवाददाता
२०७६ पुष १७,बिहीबार १४:३३

हेटौंडा, १७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि खैलाबैला नै मच्चायो ।

प्रदेश ३ को राजधानी र नामको विषयले सत्तारुढ दल नेकपाभित्रकै सांसदहरुको असन्तुष्टि छ । अन्य प्रदेशको हकमा निर्णय नगरी नेकपा सचिवालयले प्रदेश ३ को राजधानी र बागमती राख्ने गरी एक्कासी निर्णय गर्दा राजनीतिमा सन्नटा छायो ।

प्रदेश ३ मन्त्रीपरिषद् बैठकले पुस २१ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरिसकेको छ । उक्त बैठकमा प्रदेशको राजधानी र नामको विषयले प्रवेश पाउनेछ ।

पुस २१ गते प्रदेशसभा बैठक बस्ने भएपछि प्रदेश ३ का सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएका छन् । दुवै दलको बैठकमा प्रदेश ३ को राजधानी र नामाकरणको साझा एजेण्डा छन् ।

सतारुढ नेकपाको संसदीय दलको बैठक भोली शुक्रबार दिउँसो मुख्यमन्त्री निवासमा हुने नेकपाका नेताले तु खबरलाई जानकारी दिएका छन् ।

उता प्रमुख प्रतिपक्षी दलको बैठक काठमाडौंमा हुने भएको छ । बैठकमा राजधानी र नामाकरणसँगै अन्य विषयमाथि पनि छलफल हुने दलका नेता इन्द्रबहादुर बानियाँले जानकारी दिए ।

प्रदेश ३ को स्थायी राजधानी र नामाकरणको अधिकार प्रदेश सभालाई छ । आगामी प्रदेशसभा बैठकमा राजधानी र नामको विषयले मूर्तरुप पाउनेछ ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*