राजधानी र नाम टुंग्याउने मतदानमा नेकपाको १ मत घट्यो

२०७६ पुष २०,आईतवार १७:४६

हेटौंडा, २० पुस । रसुवाबाट निर्वाचित प्रदेशसभा सदस्य शान्ति थिङ प्रदेश ३ को राजधानी र नाम टुंग्याउने मतदानमा सहभागी नहुने भएकी छिन् । नेकपाबाट निर्वाचित हुने उनी रसुवाकी एकमात्र सांसद हुन् ।

विश्वस्त स्रोतले दिएको जानकारी अनुसार थिङ हाल क्यानडामा छिन् । पुस २२ गते हुने मतदान प्रक्रियामा उनी सामेल हुँदिनन् ।

थिङ सहभागी नहुँदा प्रदेश ३ को राजधानी र नाम टुंग्याउने मतदान प्रक्रियामा एक भोट घट्नेछ । नेकपाको हाल ८० मत भएपनि थिङ नहुँदा ७९ मत कायम हुनेछ ।

भोली सोमबारदेखि प्रदेशसभा बैठक बस्दैछ । बैठकमा प्रदेश ३ को राजधानी र नामाकरणको विषयमा मतदान हुनेछ ।

यो पनि पढ्नुहोस्


2 thoughts on “राजधानी र नाम टुंग्याउने मतदानमा नेकपाको १ मत घट्यो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*