हेटौंडा राजधानी कायम गर्न ह्विप लगाउने तयारी

तु खबर संवाददाता
२०७६ पुष २४, बिहीबार ०९:५७
फाइल तस्बिर

हेटौंडा, २४ पुस । प्रदेश ३ को नाम र राजधानी टुंगो लगाउन सत्तारुढ दल नेकपाले नेकपाले ह्विप लगाउने भएको छ । प्रदेश संसदीय दलले नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्न ह्विप लगाउन लागेको हो ।

नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बग्मती राख्न संसदीय दललाई निर्देशन दिएको थियो । उक्त सचिवालयको निर्देशन अनुसार संसदीय दलले सम्भवत आज मुख्यमन्त्री निवासमा बसिरहेको दलको बैठकमा ह्विप लगाउने तयारी गरेको छ ।

काठमाडौंबाट निर्वाचित प्रदेशसभा सदस्य दिपक निरौलाले तु खबरसँग कुरा गर्दै ह्विप लगाउने तयारी भइरहेको जानकारी दिए । उनले संसदीय व्यवस्थामा पार्टीको निर्णय अनुसार अगाडि बढ्ने बताए ।

निरौलाले संसदीय प्रक्रियामा ह्विप लगाएर प्रदेश ३ को राजधानी र नामको टुंगो लगाइने तु खबरसँग बताए । निरौला प्रदेश ३ राजधानी सम्भाव्यता अध्ययन समितिका संयोजकसमेत हुन् ।

‘प्रदेशसभामा नेकपाबाट स्थायी राजधानी हेटौंडा र नाम बागमती मात्र प्रस्ताव जान्छ’, नेकपाका नेता तथा प्रदेशसभा सदस्य दीपक निरौलाले भने, ‘त्यसका लागि पार्टी केन्द्रको निर्देशन मान्नुको विकल्प छैन ।’

यसका लागि बिहीबार बिहान ८ बजेखेखि नेकपा संसदीय दलको बैठक मुख्यमन्त्री निवासमा जारी छ ।

बैठकमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालको निर्देशनबारे संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहालले जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*