हेटौंडा र बागमती प्रदेशबासीको सम्पति ( हेर्नुहोस् भिडियो)

तु खबर संवाददाता
२०७६ पुष २७,आईतवार १८:४१
Featured Video Play Icon

हेटौंडा, २७ पुस । प्रदेश नम्बर ३ को राजधानी हेटौंडा र नाम बागमती प्रदेशबासीकै साझा सम्पति भएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले बताएका छन् ।

आज भएको प्रदेशसभा बैठकमा प्रदेशको नाम बागमती प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै बानियाँले प्रदेशको राजधानी र नाम मकवानपुरबासीको मात्रै नभई प्रदेशको साझा सम्पति भएको बताएका हुन् ।

उनले जातीय राज्यमा द्धन्द्ध निम्तिन सक्छ भन्दै सबैको सभ्यता र साँस्कृति झल्किने बागमती नाम एकमत भएर प्रस्ताव गरिएको बताए । प्रदेशसभामा आज भएको मत विभाजन प्रक्रियामा सर्वसम्मतले बागमती नाम प्रदेशसभाबाट पारित भएको थियो ।

उनले पृथ्वीनारायण शाहको जन्मदिन अर्थात एकता दिवसको अबसरमै ऐतिहासिक निर्णय हुँदैछ भन्दै यो संयोग मिलेको बताए । ‘राष्ट्रपिता पृथ्वीनारायण शाहलाई स्मरण गर्दै आजकै दिन यो प्रदेशको ऐतिहासिक निर्णय हुँदैछ, यो संयोग मिलेको छ वा मिलाइएको छ ।–’ बानियाँले भने ।

उनले एकता दिवसको सम्झनामा संसदको एकतामै प्रदेशको नाम बागमती टुंग्याउने पर्ने धारणा राखे । उनले मुस्कुराउँदै भने– ‘मकवानपुर ऐतिहासिक स्थल हो । तत्कालिन सेन वंशीय राज्यको पालामा पनि बानियाँ मन्त्री थिए, मेरो जिजुबुवा हुन् ।

प्रदेशसभा भवन बाहिर पत्रकारहरुसँग बोल्दै नेता बानियाँले हेटौंडा स्थायी राजधानी र बागमती नामकरणमा आफूहरुको रणनीतिक जित भएको बताएका छन् । ‘हाम्रो पार्टीका सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिदिनु भएको हेटौंडालाई स्थायी राजधानी बनाउन सफल भएका छौं । प्रदेशसभामा पनि हामीले प्रस्ताव गरेको बागमती नाममा सहमति भएको छ’ उनले भने ।

दुईवर्ष अघिदेखि आफ्नो दलले पटक–पटक अस्थायी राजधानीलाई स्थायी बनाउन संसदसमेत अवरुद्ध गरेको भन्दै उनले अब विकासको दिशातर्फ प्रदेश अग्रसर हुनुपर्ने बताए ।

‘जसरी राजधानी र नामका विषयमा प्रदेशसभामा एकमत कायम भयो । अब विकासमा पनि हुन जरुरी रहेको छ ।–’ बानियाँले भने ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*