‘हेटौंडाको मूल सडक फराकिलो पार्न नसक्ने मुख्यमन्त्रीको के आश गर्ने ?’

तु खबर संवाददाता
२०७६ पुष २५,शुक्रबार १७:३०

हेटौंडा, २५ पुस । प्रदेश ३ प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री केशव स्थापितले यो राजधानी सम्भाव्यता अध्ययन समितिले ५ वटै स्थानमा राजधानी राख्न सम्भावना देखेको बताए । समितिले किटानी नगरेको बताए ।

उनले काठमाडौं उपत्यका, नुवाकोट, काभ्रे राजधानी बनाउनु नहुने बताए । हेटौंडादेखि चितवनसम्म राजधानी बनाउनु पर्ने धारणा राखे ।

८ लेनको सडक, चुरेलाई संरक्षण गर्दै चितवनसम्म राजधानी बनाउँदा सबैलाई पायक पर्ने बताए ।

मुख्यमन्त्रीलाई छाती ठूलो बनाएर चितवनको रत्ननगरसम्म राजधानी बनाउन आग्रह गरे । चितवन र मकवानपुर राजधानी बनाउन सके शब्द जोडेर ‘चिम’ हुने भन्दै चिम जस्तै झलल बल्ने बताए ।

मुख्यमन्त्री भएकै ठाउँमा हेटौंडाको मुल बाटो साँघुरो भएको बताए । उनले आफ्नै मुल सडक भत्काउन नसक्ने मुख्यमन्त्रीको के आश गर्ने भन्दै प्रश्न गरेका थिए ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*