राजधानी र नाममाथि छलफल गर्न आज प्रदेशसभा बैठक बस्दै

तु खबर संवाददाता
२०७६ पुष २४,बिहीबार १४:३५
फाइल तस्बिर

हेटौंडा, २४ पुस । प्रदेश ३ को प्रदेशसभा बैठक आज पनि बस्दै छ । हिजो बुधवार बसेको प्रदेशसभा बैठक आज ३ बजे बस्ने गरी स्थगित भएको थियो ।

बुधवारको बैठकमा प्रदेश ३ को राजधानी सम्भाव्यता अध्ययन समिति प्रतिवेदनमाथि छलफल चलेको थियो । सोही प्रतिवेदनमाथि आज पनि छलफल हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

हिजोको बैठकमा १२ जना प्रदेशसभा सदस्यहरुले राजधानी र नामको विषयमा आफ्नो धारणा राखेका थिए ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*