नेपाली काँग्रेस संसदीय दलको बैठक हेटौंडाको क्विक ट्वान्टी होटलमा सुरु

तु खबर संवाददाता
२०७६ पुष २५,शुक्रबार १८:३२

मकवानपुर, २५ पुस । प्रदेश नम्बर ३ नेपाली काँग्रेस संसदीय दलको बैठक हेटौंडाको क्विक ट्वान्टी होटलमा भर्खर सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षमा बसिरहेको बैठकले प्रदेश नं. ३ को राजधानी र यसको नामाकरणको विषयमा के गर्ने भन्ने बारे आज अन्तिम निर्णय गर्नेछ ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाको समयमा अस्थायी राजधानी तोक्ने क्रममा ३ नम्बर प्रदेशको राजधानी हेटौंडा तोकिएको थियो ।

त्यस यता हेटौंडालाई स्थायी राजधानी र यसको नामकरणको निम्ति बारम्बार नेपाली काँग्रेसका तर्फबाट नेता बानियाँले सँसद र बाहिर समेत दबाब दिँदै आएका थिए ।

प्रदेश नं. ३ मा नेपाली काँग्रेसको २२ मत छ । सत्तापक्षीय दलकै बहुमत पुग्ने स्थितिमा केन्द्रीय सचिवालय बैठकले नाम र राजधानी ताकिदिएको भन्दै नेकपामा व्यापक किचलो छ ।

यद्यपी आज बसेको नेकपा संसदीय दलको बैठकले भने एक मतले हेटौंडालाई राजधानी बनाउने र बाग्मती नाम राख्ने बारे सर्वसम्मतले निर्णय गरेको मुख्यमन्त्री एमव् दलका नेता डोरमणि पौडेलले बताएका छन् । नेकपा कै अर्का एक प्रभावशाली नेताले भने ह्वीप जारी गरिएको स्पष्ट पारेका छन् ।

नेपाली काँग्रेसका प्रदेशसभा सदस्यहरुले पनि जारी सँसद बैठकमा हेटौंडा राजधानी राख्ने विषयमा असहमति जारी गरिसकेका छन् ।

नेता बानियाँले हेटौंडा राजधानी बनाउने र बाग्मती नाम राख्ने विषयमा स्वागत गरिसकेका छन् । आजको नेपाली काँग्रेस संसदीय दलले कस्तो निर्णय गर्छ त्यो भने केही घण्टापछि मात्र थाहा हुनेछ ।

यो पनि पढ्नुहो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*