यदी थापा,पौडेल र बानियाँ मकवानपुरे हुँदैन थिए भने…

२०७६ पुष २७,आईतवार १२:४६

प्रदेश ३ को राजधानी हेटौंडा बनाउने सवालमा तत्कालीन उपप्रधानमन्त्री कमल थापाको योगदान कहिल्यै भुल्न सकिँदैन । प्रदेशको राजधानी तोक्ने निर्णयका लागि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग थापाले हेटौंडालाई राजधानी बनाउन कडा अडान लिएका थिए । उनले कुनैपनि हालतमा हेटौंडा राजधानी नभए आफु विपक्षमा उभिने चेतावनी दिएपछि हेटौंडालाई तत्कालीन सरकारले प्रदेश ३ को अस्थायी राजधानी हेटौंडा घोषणा गरेको थियो ।

मकवानपुरबासी र हेटौंडा सहर आफैमा भाग्यमानी छ भन्ने पुष्टी भइसकेको छ । अस्थायी राजधानी तोक्नेबेला संघीय सरकारमा हेटौंडाबासी थापा थिए । अहिले संविधान बमोजिम स्थायी राजधानी घोषणा गर्ने सवालमा सत्तारुढ नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख प्रतिपक्ष इन्द्रबहादुर बानियाँ उभिए ।

प्रदेश राजधानी हेटौंडालाई स्थायी बनाउन दुई तिहाइ सांसदको उत्तिकै योगदान रहेपनि यदी, सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्ष काँग्रेस संसदीय दलका नेता हेटांैडाबासी हुँदैनथे भने यो सम्भावना टर्ने अवस्था प्रवल थियो । किनकी अधिकांश सांसद काभे्रलाई स्थायी राजधानी बनाउने पक्षमा थिए । विशेषगरी हेटौंडा र काभ्रे मध्ये एकलाई स्थायी राजधानी बनाउन नेकपा र काँग्रेसभित्र धेरै रस्साकस्सी परेको थियो । यस्तो अवस्थामा संसदीय दलको नेता हेटौंडाबासी भएकै कारण पौडेल र बानियाँले अडान कायम राखे । सचिवालय बैठकले निर्देशन दिएपछि नेकपाभित्र हेटौंडा राजधानी बनाउन धेरै दबाब सिर्जना भइसकेको थियो ।

सचिवालयले निर्देशन दिएपनि करिब बहुमत सांसद काभ्रेको पक्षमा थिए । संसदीय दलको नेता र मुख्यमन्त्री भएका कारण पौडेल हेटौंडा राजधानी बनाउने पक्षमा सदैव उभिए । उनले हरेक सांसदको असन्तुष्टीलाई बुझेर नेतृत्व तहसम्म छलफल गरे र हेटौंडाको पक्षमा दुई तिहाइ पु¥याएर सांसदहरु एकमत बनाउन सफल भए ।

त्यसैगरी काँग्रेस संसदीय दलका नेता बानियाँले आफ्ना सांसदहरुलाई एकमत बनाउन कुन कसुर बाँकी राखेनन् । काँग्रेसकै सरकार भएका बेला हेटौंडालाई राजधानी तोकीए पनि अधिकांश सांसद हेटौंडाको पक्षमा थिएनन् । संसदमा आफ्नो धारणा राख्दा उनीहरुले बारम्बार हेटौंडा राजधानीका लागि उचित नभएको बताउँदै आएका थिए । यो अवस्थामा बानियाँले ह्वीपनै जारी गरे । जसको फलस्वरुप काँग्रेसका शत प्रतिशत सांसदको हेटौंडा स्थायी राजधानी हुने पक्षमा मतदान गरे ।

प्रदेशको राजधानी हेटौंडा भएको सवालमा थापा, पौडेल र बानियाँको योगदान मकवानपुरबासीले कदापी भुल्ने छैनन् । यो ऐतिहासिक जिम्मवारीलाई सहज अवतरण गराउन अमूल्य योगदान पु¥याएको छर्लङ् भइसकेको छ । यो अवस्थामा यदी पौडेल र बानियाँ साँच्चै संसदीय दलको नेता हुँदैन थिए भने, हेटौंडा स्थायी राजधानी हुँदैन थियो । हामीले यी नेताहरुको योगदानलाई मान्नै पर्छ । जसले आफ्नो भूमिको विकास र यहाँका जनताको समुन्नतका लागि अडिग भएर लागि परे ।

यो पनि हेर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*