संविधान संशोधन गरेर मन्त्रालयको संख्या घटाउन प्रधानमन्त्री शाहलाई मुख्यमन्त्री बानियाँको आग्रह
बागतमीमा मन्त्रालयको संख्या घटाउने तयारीमा रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रधानमन्त्री बालेन्द्र शाहलाई संविधान संशोधन गरेर प्रदेशमा मन्त्रीहरूको संख्या घटाउन आग्रह गरेका छन् ।
आज प्रधानमन्त्री शाहसँग राजधानी काठमाडौंमा भएको छलफलमा मुख्यमन्त्री बानियाँले संविधानमा अहिले रहेको व्यवस्थाका कारण प्रदेश सरकारको आकार ठूलो हुन पुगेको बताएका हुन् । जून २० प्रतिशतको व्यवस्था छ सो को कार्यान्वयन हुँदा आलोचना हुने गरेको मुख्यमन्त्री बानियाँको भनाइ थियो ।
बागमतीमा मन्त्रालयहरुको संख्या घटाएर सात बनाउने गृह कार्यमा लागेका बानियाँले संविधान मै संशोधन गरेर मन्त्रीहरुको संख्या घटाउन उचित हुने बताएका हुन् । छलफलमा आफूले संविधान संशोधन गरेर प्रदेश मन्त्रिपरिषद्को संख्या घटाउनुपर्छ भन्ने धारणा राखेको मुख्यमन्त्री बानियाँले बताए ।
आज प्रधानमन्त्री शाहले सात वटै प्रदेशका मुख्यमन्त्रीसित छलफल गरेका थिए । सो कार्यमा बागमतीका मुख्यमन्त्री बानियाँले औषधीय प्रयोगका लागि गाँजा खुलाउन समेत आग्रह गरेका छन् ।
