मुख्यमन्त्रीलाई जब स्थापितले हाने डाइलग (हेर्नुहोस भिडियो)

Featured Video Play Icon
तु खबर संवाददाता
२०७६ पुष २९,मंगलवार १८:४५

हेटौंडा, २९ पुस । मुख्यमन्त्री डोरमणि पौडेललाई तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री तथा नेकपा नेता केशव स्थापितले मुख्यमन्त्रीलाई बारम्बार डाइलग हाने ।

पुस २६ गते तत्कालिन प्रदेश नम्बर ३ प्रदेशसभा बैठकमा बोल्दै प्रदेश सांसद स्थापितले मुख्यमन्त्रीलाई हेटौंडाको सडक विस्तारको कुरा उठाएर डाइलग हानेका हुन् । उनले मुख्यमन्त्रीबाट के आश गर्ने भन्दै प्रश्न गरे ?

मुख्यमन्त्रीलाई छाती ठूलो बनाएर चितवनको रत्ननगरसम्म राजधानी बनाउन आग्रह गरे । चितवन र मकवानपुर राजधानी बनाउन सके शब्द जोडेर ‘चिम’ हुने भन्दै चिम जस्तै झलल बल्ने बताए ।

मुख्यमन्त्री भएकै ठाउँमा हेटौंडाको मुल बाटो साँघुरो भएको बताए । उनले आफ्नै मुल सडक भत्काउन नसक्ने मुख्यमन्त्रीको के आश गर्ने भन्दै प्रश्न गरेका थिए ।

‘मुख्यमन्त्रीको पनि ह्रदय ठूलो छ भन्लान, यो उपमहानगरपालिकालाई मात्रै राजधानी बनाउनु पर्ने के जरुरी भयो । अलि चित्त फुकाउन पाए कस्तो होला ।–’ उनले भने ।

हेर्नुहोस भिडियो ।

यो पनि हेर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*