समाचार

घुस रकमसहित प्रहरीका सई पक्राउ

बर्दिया । सेवाग्राहीसँग घुस मागेको आरोपमा मंगलबार नेपाल प्रहरीका एक जना प्रहरी अधिकारी पक्राउ परेका छन् । सेवाग्राहीसँग ३० हजार रुपैयाा घुस मागेको आरोपमा प्रहरी नायब निरीक्षक (सई) पवन साउद पक्राउ परेका हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । बढैयाताल...

नगरस्तरीय शैक्षिक समन्वय समितिको अध्यक्षमा लुइटेल

मकवानपुर । नगरस्तरीय शैक्षिक समन्वय समितिको अध्यक्षमा भोगेन्द्र लुइटेल निर्वाचित भएका छन् । निर्वाचन समितिले सोमबार सर्वसम्मत लुइटेलको नेतृत्वमा समन्वय समिति गठन गरेको हो । यस्तै, समितिको उपाध्यक्षमा प्रतिमा गौतम, सचिवमा जनक धिताल, सहसचिवमा पूर्णचन्द्र काफ्ले र कोषाध्यक्षमा दिनेश उप्रेती निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः प्रेमप्रसाद पौडेल,...

आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार, आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । महाशाखाले आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही...

अवैध लागूऔषधसहित तीन जना पक्राउ

धनगढी । बझाङमा १४ किलो गाँजा र गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले १४ किलो २१० ग्राम अवैध गाँजा, गाँजाको दाना र पातसमेत गरेर ७७ किलो ३०५ ग्राम कच्चा पदार्थसहित तीन जनालाई पक्राउ गरेको हो । जिल्लाको खप्तड छान्ना गाउँपालिका–७ को गोर्खालीका...

हेटौंडाबाट खुद्रा सामानसहित चार वटा ट्रक नियन्त्रणमा

मकवानपुर । मकवानपुर प्रहरीले खुद्रा सामानसहित चार वटा ट्रकलाई सोमबार हेटौंडाबाट नियन्त्रणमा लिएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे चेक प्वाईन्टस्थित पुर्व–पश्चिम सडकखण्डबाट प्रहरीले विभिन्न नम्वरको चार वटा ट्रकलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, रातोमाटेबाट...

हेटौंडामा खागको टोकाईबाट दुई महिला घाइते

मकवानपुर । मकवानपुरको हेटौंडामा सोमबार खाग (जंगली माहुरी) को टोकाईबाट दुई महिला घाइते भएका छन् । घाइते हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ चिसापानी बस्ने ३२ वर्षीया सरु दंगाल र ४५ वर्षीया मन्दिरा घिमिरे रहेका छन् । खागको टोकाईबाट दुवैको अनुहार र टाउकोमा दखल पुगेको मकवानपुरका प्रहरी नायव उपरीक्षक...

मकवानपुर प्रहरीद्वारा अवैध गाँजा खेती नष्ट

मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानमा लगाइएको लागूऔषध गाँजा खेती नष्ट गरेको छ । प्रहरी टोली परिचालन गरी जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको ३४ बिगाहा १५ कठ्ठा गाँजा खेती नष्ट गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार, जिल्लाको राक्सिराङ गाउँपालिका...

रास्वपाको संयुक्त बैठक आज पनि जारी रहने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आज पनि जारी रहने भएको छ । संयुक्त बैठक मधेश प्रदेशको महोत्तरीस्थित जलेश्वरमा सोमबारदेखि सुरु भएको हो । सो बैठकमा रास्वपामा पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य र २१ संसाद सहभागी छन् । यसका साथै संयुक्त बैठकमा...

अपाङ्ग दिवसको अवसरमा साताव्यापी कार्यक्रम सुरु

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आजबाट साताव्यापी कार्यक्रम सुरु भएको छ । कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको आयोजना तथा सामाजिक विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा सुरु गरिएको हो । साताव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन सामाजिक विकास मन्त्रालयको सभाहलमा पत्रकार...

आज नेप्सेमा गिरावट, फेरी १८ सयको विन्दुमा फर्कियो

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्सेमा गिरावट आएको छ । आइतबार उकालो लागेको नेप्से सोमबार फेरी ओरालो लागेको हो । साता कारोबारको अघिल्लो दिन ४७ अंकले बढेको नेप्से दोस्रो दिन ११.२७ अंकले घटेर फेरी १८ सयको विन्दुमा फर्किएको हो । आइतबार उकालो लागेर १९०५ को...