समाचार
भीमफेदीका ४३ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया
मकवानपुर । मकवानपुरको भीमफेदी गाँउपालिकाका ४३ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । भीमफेदीको विभिन्न वडामा रहेका आँखाका बिरामीको समस्यालाई ध्यानमा राखेर हेटौंडा सामुदायिक आँखा अस्पतालसंग गाउँपालिकाको सहकार्यमा शिविर संचालन गरिएको थियो । शिविरको क्रममा परीक्षण गराएका २५३ जनामध्ये ४३ जनामा मोतियाबिन्दुको समस्या देखिएको र गाउँपालिकाको व्यवस्थापनमा उनीहरुको निःशुल्क...
मकवानपुरमा मान्छे मार्ने बाघ नियन्त्रणमा
मकवानपुर । मकवानपुरमा मान्छे मार्ने माघलाई चितवन राष्ट्रिय निकुञ्जले आइतबार नियन्त्रणमा लिएको छ । गत कात्तिक ८ गते शुक्रबार बिहान चितवन राष्ट्रिय निकुञ्जबाट आएको बाघको आक्रमणबाट चितवनको राप्ती नगरपालिका बस्ने ४३ वर्षीय हरी पौडेलको मृत्यु भएको थियो । उक्त बाघ नियन्त्रणमा लिन निकुञ्जको टोली ४ वटा हात्तीसहित मध्यवर्ती क्षेत्रमा...
मकवानपुरमा गाँजा फडानी गर्न प्रहरी परिचालन
मकवानपुर । मकवानपुरमा अवैध लागूऔषध गाँजा खेती फँडानी गर्न प्रहरी टोली परिचालन गरिएको छ । जिल्लाको विभिन्न स्थानमा लगाइएको अवैध गाँजा खेती फँडानी गर्न आइतबारबाट प्रहरी टोली परिचालन गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, जिल्लाको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको...
मकवानपुरमा एक पुरुषको शव फेला, कम्मर माथिको भाग हड्डी मात्रै
मकवानपुर । मकवानपुरमा आइतबार एक पुरुषको शव फेला परेको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा हाल नाम, थर, बखत नखुलेको एक पुरुषको शव फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार, उक्त स्थानमा गत मंसिर...
कन्सोर्टियम नेपालको अध्यक्षमा महर्जन निर्वाचित
मकवानपुर । बाल सहभागितामा कार्यरत संस्थाहरूको साझा संजाल (कन्सोर्टियम नेपाल) को अध्यक्षमा सन्तोष महर्जन निर्वाचित भएका छन् । कन्सोर्टियम नेपालको २४ औं साधारण सभा तथा १० औं अधिवेशनबाट महर्जन अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै, कन्सोर्टियम नेपालको उपाध्यक्षमा प्रदीप लामिछाने, महासचिवमा अनिता पाण्डे, सचिवमा निरिजना भट्ट र कोषाध्यक्षमा प्रकाश...
आज नेप्से ४५.११ अंकले वृद्धि, २ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्सेमा वृद्धि आएको छ । आज नेप्से ४५ दशमलव ११ अंकले बृद्धि भई १९०५ को विन्दुमा कायम भएको छ । यस्तै, आज नेप्से सूचीकृत भएका २९४ कम्पनीको ६५ लाख ३० हजार कित्ता शेयर खरिद बिक्री भएको छ भने २ अर्ब...
कात्तिकमा साढे ४३ हजारभन्दा बढी विदेसिए
काठमाडौं । नेपालबाट कात्तिक महिनामा मात्रै साढे ४३ हजारभन्दा बढी नेपाली विदेसिएका छन् । कात्तिक महिनामा मात्रै ४३ हजार ६२२ जना नेपाली विदेसिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । वैदेशिक रोजगारीमा गएकामध्ये पुनः श्रम स्वीकृति लिएकाहरू समेत रहेका छन् । जसमा २४ हजार ७८ जना छन् । तीमध्ये...
वडाङ्मेटको अवसरमा दुई दिन सार्वजनिक विदा
धनकुटा । धनकुटा नगरपालिकाले दुई दिन सार्वजनिक विदा दिएको छ । नगरपालिकाले आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा भोलि र पर्सी दुई दिन सार्वजनिक विदा दिएको हो । मुख्यगरी धनकुटा नगर क्षेत्रमा मात्र बसोबास गर्ने आठपहरिया जातिको प्रमुख चाड भएकाले वडाङ्मेटको अवसरमा सार्वजनिक विदा दिइएको धनकुटा नगरपालिकाले जनाएको छ...
मनहरी गाउँपालिकाले फुलबल खेलाडीलाई १ लाख रुपैयाँ दिने
मकवानपुर । मनहरी गाउँपालिकाले अन्तरपालिका स्तरीय फुटबलमा उपविजेता बनेका खेलाडीलाई १ लाख रुपैयाँ दिने भएको छ । बकैया गाउँपालिकामा शनिबार सम्पन्न पहिलो सहिदस्मृति अन्तरपालिका फुटबल प्रतियोगिताबाट उपविजेता बनेको मनहरी गाउँपालिका खेलकुद विकास समितिलाई नगद १ लाख रुपैयाँ दिने घोषणा गरिएको हो । आइतबार गाउँपालिकाको सभाहलमा अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष...
राप्रपा नेपालद्वारा कार्य सम्पादन समितिको बैठक आह्वान
काठमाडौं । राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आह्वान गरिएको छ । बैठक भोलि सोमबार बिहान ८ बजे बस्ने गरी आह्वान गरिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । महामन्त्री बर्तौलाका अनुसारm बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको योजना र आगामी कार्यक्रम बारे छलफल हुनेछ ।










