वडाङ्मेटको अवसरमा दुई दिन सार्वजनिक विदा

तु खबर संवाददाता
२०८० मंसिर १०, आईतवार १६:४९

धनकुटा । धनकुटा नगरपालिकाले दुई दिन सार्वजनिक विदा दिएको छ । नगरपालिकाले आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा भोलि र पर्सी दुई दिन सार्वजनिक विदा दिएको हो ।

मुख्यगरी धनकुटा नगर क्षेत्रमा मात्र बसोबास गर्ने आठपहरिया जातिको प्रमुख चाड भएकाले वडाङ्मेटको अवसरमा सार्वजनिक विदा दिइएको धनकुटा नगरपालिकाले जनाएको छ ।

बिदामा नगर कार्यपालिकाको कार्यालय, १० वटै वडा कार्यालय, नगर क्षेत्र भित्रका नगरस्तरीय कार्यालय र विद्यालयहरू बन्द हुनेछन् ।