बुधबार र बिहिबार देशभर सार्वजनिक बिदा
काठमाडौँ । फागुन ६ गते र ७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ। फागुन ६ गते ग्याल्पो ल्होसार र ७ गते प्रजातन्त्र दिवसका अवसरमा बिदा रहने भएको हो ।
ग्याल्पो ल्होसार बौद्ध धर्मावलम्बीहरूको प्रमुख चाड हो। विशेष गरी शेर्पा समुदायले मनाउने यो पर्व, सांस्कृतिक घुलमिलका कारण अन्य समुदायले पनि उत्साहका साथ मनाउने गरेका छन्।
प्रजातन्त्र दिवस प्रत्येक वर्ष फागुन ७ गते मनाइन्छ। यो दिन नेपालमा २००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा राष्ट्रिय रूपमा सम्मानका साथ मनाइन्छ।
बिदा भएको दिन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था साथै शेयर बजार पनि बन्द रहनेछन्।
