समाचार

साढे १८ अर्ब बराबरको ट्रेजरी बोलकबोल गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले साढे १८ अर्ब बराबरको बोलकबोल गर्दे भएको छ । बैंकले मंसिर १२ गते जारी गर्ने गरी सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । बैंकले मंसिर १२ गते जारी गर्ने गरी २८ दिने, १८२ दिने र ३६५ दिने...

लागूऔषधसहित ५ जना पक्राउ

मकवानपुर । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले कास्की, बर्दिया, मोरङ र कैलाली जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउस स्थित सडकबाट ४ केजी गाँजासहित शनिबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको...

आजबाट बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलमा आजबाट बागमती प्रदेशस्तरीय दुई दिने सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी सुरु भएको छ । उक्त गोष्ठि प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालय र बागमती प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा भएको हो । गोष्ठीमा प्रदेशका १० जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धान अधिकृत र जिल्ला न्यायधिवक्ताको सहाभागिता...

आइतबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ९ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार...

मकवानपुरकी एक महिला मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ४ सालघारीमा एक महिला मृत अवस्थामा फेला परेकी हुन् । मृत अवस्थामा फेला पर्नेमा स्थानीय देबकुमार चेपाङको श्रीमती ४५ वर्षीया बुद्धिमाया चेपाङ मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ...

हेटौंडाबाट एक युवती पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित शनिबार एक युवतीलाई हेटौंडाबाट पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट लागूऔषध गाँजा ६ किलोसहित एक युवतीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवनको रत्तननगर नगरपालिका वडा नम्वर ३ लौरीचोक बस्ने अन्दाजी २० वर्षीया सरिता लामा रहेको जिल्ला प्रहरी कार्यालय...

आम जनता पार्टीको स्थायी समिति बैठक आह्वान

काठमाडौं । आम जनता पार्टीको स्थायी समिति बैठक आह्वान गरिएको छ । बैठक सोमबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठक पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बस्न लागेको केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए । उनका अनुसार, सो बैठकमा देशको समग्र राजनीति, आर्थिक र समाजिक...

वेयरहाउजिङको आईपीओ खुल्यो

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीले सर्वसाधारणका लागि आजबाट प्राथमिक शेयर (आईपीओ) खुल्ला गरेको छ । कम्पनीको आईपीओमा आजबाट आगामी मंसिर १३ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले जनाएको छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने मिति २४ मंसिरसम्म थप हुनेछ । इच्छुक व्यक्रिले कम्पनीको...

२६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन आग्रह

काठमाडौं । नेपाल प्रहरीको विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । जानकारीबिनै सम्पर्कविही भएपछि प्रहरी प्रधान कार्यालयले खोजी गरेको हो । सम्पर्कमा नरहेका उनीहरुलाई सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न नेपाल प्रहरी...

आज आंशिक बदलीसहित हल्का हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार, आज आंशिक बदलीसहित हल्का हिमपातको सम्भावना रहेको उल्लेख गरिएको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको...