मकवानपुरकी एक महिला मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ४ सालघारीमा एक महिला मृत अवस्थामा फेला परेकी हुन् ।
मृत अवस्थामा फेला पर्नेमा स्थानीय देबकुमार चेपाङको श्रीमती ४५ वर्षीया बुद्धिमाया चेपाङ मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरी प्रहरी कार्यालयका अनुसार, मादक पदार्थ सेवन गरी आफ्नै घरमा सुतेको उनी मृत अवस्थामा फेला परेकी हुन् ।
उक्र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।