आम जनता पार्टीको स्थायी समिति बैठक आह्वान

तु खबर संवाददाता
२०८० मंसिर १०,आईतवार १०:४४
file-photo

काठमाडौं । आम जनता पार्टीको स्थायी समिति बैठक आह्वान गरिएको छ । बैठक सोमबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो ।

बैठक पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बस्न लागेको केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए ।

उनका अनुसार, सो बैठकमा देशको समग्र राजनीति, आर्थिक र समाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुनेछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने भएको हो । बैठकले पार्टीको आगामी रणनीतिसहितको आधिकारिक र ठोस धारणा सार्वजनिक गर्ने उनको भनाई छ ।