माओवादी पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रचण्ड निवास खुमलटारमा बस्ने गरी बोलाइएको हो ।
बठडकमा नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, अवकाश विद्यार्थीहरूको व्यवस्थापन, पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने कार्यक्रमको खाका लगायत समसामयिक विषयमा छलफल हुने पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
यसअघि माघ ८ गते बसेको बैठकमा सुदूरपश्चिम, गण्डकी र मधेस प्रदेशको इन्चार्ज फेर्नेबारे छलफल गरिएको थियो ।