प्रतिनिधि सभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधि सभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकामा सदनले स्वीकृत गरेको हो ।
अब उक्त विधेयकमाथि प्रतिनिधि सभा नियमावली अनुसार इच्छुक सांसदहरूले आफ्नो संशोधन पेश गर्न सक्ने घिमिरेले जानकारी दिए ।
आइतबार नै उक्त विधेयक स्वीकृत गर्न खोजिए पनि गणपूरक संख्या पुगेको थिएन ।