प्रतिनिधि सभाबाट सुरक्षित कारोबार विधेयक सर्वसम्मत पारित

तु खबर संवाददाता
२०८१ माघ २९,मंगलवार १५:४२
file-photo

काठमाडौं । प्रतिनिधि सभाको आज बसेको बैठकबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ ।

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा पेश गरेको उक्त विधेयक पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन् ।

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा अर्थ समितिको प्रतिवेदन १ र २ मा उल्लेखित संशोधनहरू सर्वसम्मत स्वीकृत भएको उनले जानकारी दिए ।

सभामुख घिमिरेले अर्थ समितिको प्रतिवदेनमा क्रम संख्या १ र २ मा उल्लेखित संशोधन विधेयकको अङ्ग बनेको घोषणा गर्दै विधेयकको २ देखि ४५ सम्म सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ को अङ्ग बनेको बताए ।