प्रतिनिधिसभा बैठक ११ बजे बस्दै, यस्तो छ कार्यसूची

तु खबर संवाददाता
२०८३ जेष्ठ ७, बिहीबार १०:१५

काठमाडौं । आज बिहीबार बिहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक सिंहदरबारस्थित सभाहलमा बस्नेछ।

आज बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाह (बालेन) को तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचत (पहिलो संशोधन) विधेयक, २०८३, मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाखा (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरिनेछ।

साथै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथिको दफावार छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। साथै उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची पनि रहेको छ।