साढे १८ अर्ब बराबरको ट्रेजरी बोलकबोल गर्दै नेपाल राष्ट्र बैंक

तु खबर संवाददाता
२०८० मंसिर १०,आईतवार १६:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले साढे १८ अर्ब बराबरको बोलकबोल गर्दे भएको छ ।

बैंकले मंसिर १२ गते जारी गर्ने गरी सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

बैंकले मंसिर १२ गते जारी गर्ने गरी २८ दिने, १८२ दिने र ३६५ दिने गरी तीन किसिममा कूल १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।