समाचार
मोबाइल चार्ज गर्दा करेन्ट लागेर किशोरको मृत्यु
महोत्तरी । महोत्तरीमा आइतबार मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । करेन्ट लागेर जिल्लाको जलेश्वर नगरपालिका–१२ थरुवाहीस्थित मामाघर आएका धनुषा जनकपुर उपमहानगरपालिका–७ बस्ने रामेश्वर महतोको छोरा १५ वर्षीय रोहित महतो रहेका छन् । प्रहरीका अनुसार, मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते...
बल्खुबाट स्रोत नखुलेको लाखौँ रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ
काठमाडौं । प्रहरीले स्रोत नखुलेको लाखौँ रकमसहित काठमाडौं महानगरपालिका–१४ बल्खुबाट आइतबार एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५०० रुपैयाँसहित सतुङ्गल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खानलाई पक्राउ गरेको जनाएको छ । उनलाई प्रहरी प्रभाग बल्खुबाट...
मकवानपुरमा भेटिएको शवको सनाखत
मकवानपुर । मकवानपुरमा आइतबार भेटिएको शवको सनाखत भएको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा भटिएको शवको आज सनाखत भएको हो । उक्त शव चितवनको राप्ति नगरपालिका वडा नम्वर १ दुबिचौर बस्ने १७ वर्षीय पुष्पराज तामाङको रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक...
२ अर्ब ८६ करोड रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ८६ करोड रुपैयाँ बढी रकम ब्याजमा लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषहरुमा रहेको कूल २ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ केन्द्रीय बैंकले लगानी गर्न लागिएको हो । केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई चाहेको...
सोमबार सुनचाँदीको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो । भाउ बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोलामा १ लाख १६ हजार ८५०...
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
दाङ । दाङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके कोहलपुर नगरपालिका–११ बस्ने रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१३ घर भएका ३२ वर्षीय मानबहादुर पुन मगरलाई पक्राउ गरेको हो । मगरलाई इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो...
ट्याङ्करको ठक्करबाट १७ वर्षीया किशोरीको मृत्यु
बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीमा ट्याङ्करको ठक्करबाट एक किशोहीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–१७ परस्पुर बस्ने १७ वर्षीया सालिनी पाठक रहेकी छन् । आइतबार ना ३ ख ८८५२ नम्बरको ट्याङ्करले भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी सालिनीको भेरी अस्पताल नेपालगन्जमा...
खाना पकाउने भाँडा प्रहार गर्दा श्रीमान्को मृत्यु, श्रीमती पक्राउ
दैलेख । दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भाँडा (भड्डु) प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । भाँडा प्रहारबाट जिल्लाको नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगीको मृतयु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीका अनुसार, उनकी श्रीमती सीता योगीले भाँडा प्रहार गरेपछि चोट लाग्न गई उनको...
अनेम संघ मकवानपुर अध्यक्षमा पुनः काफ्ले चयन
मकवानपुर । अखिल नेपाल महिला संघ मकवानपुरको अध्यक्षमा पुनः सुमित्रा काफ्ले चयन भएकी छन् । संघको आइतबार सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट पुनः काफ्लेको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको हो । यस्तै, संघको उपाध्यक्षमा यशोदा उप्रेती र मनिला विष्ट, सचिवमा सुशिला मल्ल, उप–सचिवमा ईन्दिरा तामाङ्ग चयन भएका छन्...
आजबाट रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजबाट सुरु हुने भएको छ । बैठक आजदेखि महोत्तरीको जलेश्वरमा सुरु हुने भएको हो । मध्याह्न १२ बजेपछि बस्ने बैठकमा प्रदेश सभापति र इन्चार्जहरुको सहभागिता जनाउनेछन् । यसअघि गत कात्तिक २२ र २३ गतेका लागि...










